२०८३ कार्तिक १३ गते बिहिबार

‘रित्तो गाउँ’ र ‘लापत्ता सन्तान’ बनाएपछि ‘साइलेन्स टुर’मा रामजी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ३
ramji_gyawal

काठमाडौँ- सर्ट फिल्म र म्युजिक भिडियो निर्माणमा सक्रिय रामजी ज्ञवाली पछिल्लो समय डकुमेन्ट्री निर्माणतर्फ मोडिए। आधा दर्जन म्युजिक भिडियो निर्देशन गरेका ज्ञवालीले यो वर्ष डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ र ‘लापत्ता सन्तान’ तयार पारे।

यी प्रोजेक्टको काम पूरा गरेर ज्ञवालीले अहिले अर्को प्रोजेक्टमा हात हालेका छन्। ‘नयाँ प्रोजेक्टमा स्क्रिप्टको काम सुरु भइसकेको छ,’ निर्देशक ज्ञवालीले भने, ‘अहिले स्क्रिप्ट र अध्ययन/अनुसन्धानको काम भइरहेको छ। केही सातामा नयाँ प्रोजेक्ट ‘साइलेन्स टुर’को छायांकन सुरु गर्ने तयारी छ।’

निर्देशक ज्ञवालीले तयार पारको ‘रित्तो गाउँ’ त्रिभूवन विश्वविद्यालयका प्रा.डा. उद्धव सिग्देलको नेतृत्वमा अनुसन्धान गरी बनाइएको डकुमेन्ट्री सर्ट फिल्म हो। यसमा उजाडिएको गाउँघरका विषयवस्तुलाई ज्ञवालीले रिलमा कैद गरेका छन्। रित्तो गाउँमा समावेश गीत ‘बोल्ने कोही छैन‘ बोलको गीत साउन ३१ गते सेलिब्रेटी टाइम्स युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। ‘लापत्ता सन्तान‘को टिजर साउन ६ गते सोही च्यानलबाट सार्वजनिक भएको छ।

टिजर र गीत मात्रै सार्वजनिक गरेका ज्ञवालीले ‘रित्तो गाउँ’ र ‘लापत्ता सन्तान’चै किन सार्वजनिक गरेका छैनन् त? ‘अहिले म अर्को प्रोजेक्ट ‘साइलेन्स टुर’मा व्यस्त छु। यो पनि तयार भइसकेपछि सार्वजनिक गर्ने विषयमा कसरी अघि बढ्ने भन्नेबारे निर्णय लिनेछु,’ ज्ञवालीले भने, ‘केही समयअघि काठमाडौँस्थित ‘बिग मुभिज’मा रित्तो गाउँको विशेष प्रदर्शन भएको थियो। त्यसपछि विभिन्न फेस्टिभलमा रित्तो गाउँले सहभागिता जनाइरहेको छ।’

लामो समय सञ्चारकर्ममा सक्रिय रहेका ज्ञवाली कोरोना महामारीका बेला लकडाउन भएपछि फिल्म निर्माणमा प्रवेश गरेका हुन्। उनका ‘एक लभर’, ‘डार्क मुन’, ‘हनिमुन’, ‘आराध्या’लगायत सर्ट फिल्म बनाएका थिए।

प्रकाशित: २०८१ भदौ ३ गते सोमबार ०७:३१
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना