२०८३ कार्तिक १३ गते बिहिबार

‘आँखा’को टिजरमा सुकुम्बासीका आँसु

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ७
aakha

काठमाडौँ– ‘निस्किहाल्। यिनीहरूले गर्दा सहर गन्हाइसक्यो,’ सुकुम्बासी वस्तीका मानिसलाई एक प्रहरी भन्छ।

खोला किनारको सुकुम्बासी वस्तीमा जीवनको सपना बुनिरहेकी एक पात्र आफूहरूमाथि सरकारले गरेको दमनविरुद्धको उच्छ्वास निकाल्छे, ‘सरकारले हेप्न सक्ने भनेको हामी जस्तो गरिबलाई हो। धनीलाई त कसले के गर्न सक्छ र?’

राज्यशक्तिले कमजोर नागरिकहरूमाथि कसरी दमन गर्छ, कसरी उनीहरू राज्यशक्तिविरुद्ध लड्न तयार हुन्छन्? यो झलक बिहीबार सार्वजनिक भएको ‘आँखा’को टिजरले १ मिनेट ३७ सेकेन्डको भिडिओमार्फत् भनेको छ।

सरकार र सुकुम्वासीहरू बीचको द्वन्द्वको कथा टिजरबाट महसुस गर्न सकिन्छ। काठमाडौँ महानगरले थापाथलीस्थित खोला किनारमा रहेको टहराहरू भत्काउने र सुकुम्बासीहरूलाई ‘उठिवास’ लगाउन पटक पटक प्रयत्न गरिरह्यो।

उनीहरूलाई सबैभन्दा ठूलो चुनौती नै राज्यको आतङ्कसँग भयो। काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा यही प्रकृतिको समस्या सुकुम्बासीहरू भोगिरहेका छन्। तर राज्यले उनीहरूलाई अन्यत्र व्यवस्थापन गर्नुको साटो ‘अनागरिक’ व्यवहार गरिरहेको छ।

सुकुम्बासीहरूले खोला किनारमा टहरोभित्र काटिरहेको दु:ख पनि टिजरमा देख्न सकिन्छ। जोन योञ्जनले निर्देशन गरेको फिल्म ‘आँखा’ आगामी असोज ११बाट प्रदर्शनमा आउँदैछ। फिल्मको प्रमुख पात्रमा अभिनेत्री अस्मिता लामिछाने र अभिनेता आरके मेहता छन्।

परिचित अनुहारहरू
फिल्ममा चर्चित अनुहारहरूका चाखलाग्दो चरित्र देख्न सकिन्छ।

लामो समय ठूलो पर्दाबाट टाढिएकी अभिनेत्री निशा अधिकारी ‘म’पछि ‘आँखा’मा महत्वपूर्ण भूमिकामा देखिँदैछिन्। ‘म’ले निशाको कमब्याकलाई फितलो बनाइदियो।

निशाको अबको निशाना ‘आँखा’मा छ। पछिल्लो समय ‘गाउँ आएको बाटो’मा सशक्त अभिनय गरेर लोकप्रियता बढाइरहेकी अभिनेत्री पशुपति राई पनि ‘आँखा’मा महत्वपूर्ण भूमिकामा छिन्। ‘गाउँ आएको बाटो’मा पशुपतिको छोरा बनेका प्रसन्न राई पनि ‘आँखा’भित्रका ‘नानी’ हुन्। ‘मनसरा’मा दर्शकको मन जितेका प्रविन खतिवडा पनि ‘आँखा’भित्र छन्।

त्यसैगरी बुद्धि तामाङ, रविन्द्र झा, विजय बराल, राजन खतिवडा, अभय बराल, लुनिभा तुलाधर, कृष्णभक्त महर्जन र सरोज खनाल पनि फिल्ममा महत्वपूर्ण पात्रका रुपमा छन्।

विजय बरालको अलग अनुहार
प्राय: फिल्ममा विजयको अलग अनुहार नै देखिन्न भन्ने दर्शकहरूको गुनासो हुन्छ। पछिल्लो समय विजयले त्यो मान्यता भत्काउँदै गएका पनि छन्।

‘आँखा’को टिजरमा विजयको पृथक् चरित्र दर्शकहरूको लागि खास लाग्न सक्छ। उनले मानसिक सन्तुलन गुमाएको व्यक्तिको चरित्र निर्वाह गरेको देखिन्छ। खोला किनारमा भाँचिएको कुर्सी काँधमा बोकेर, टाउको बाल्टीले छोपर, हातमा बोतल बोकेर पात्र हिँडिरहेको छ।

र खोलाको बीचमा आगो लगाएर एउटा अर्धनग्न व्यक्ति चिच्याइरहेको छ। त्यो विजय हुन्। विजयको यो अनौठो भूमिका दर्शकको लागि खास हुन सक्छ।

‘आँखा’लाई आलोक शुक्लाले खिचेका छन् भने कृष्ण भण्डारी र निर्देशक योञ्जनले सम्पादन गरेका छन्।

फिल्ममा किशोर आचार्यले साउण्ड डिजाइन र आरिजिनल स्कोर गङ्गा थापाले गरेका छन्।

प्रकाशित: २०८१ भदौ ७ गते शुक्रबार ०८:२०
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना