बलिउड फिल्म ‘एनिमल’ले मिश्रित प्रतिक्रिया पाएको छ। धेरैले यो फिल्मलाई मन पराए भने कतिपयले रणवीरको चरित्रमाथि प्रश्न पनि उठाएका थिए।
यस फिल्मलाई महिलाविरोधी भन्दै भारतमा आलोचना पनि भएको थियो।
यस्तोमा बलिउडका अर्का चर्तित अभिनेता फरहान अख्तरले पनि यसलाई समस्याग्रस्त भनेका छन्। उनले कहिल्यै नसक्ने बताए ।
डिसेम्बर २०२३ मा रिलिज भएको रणवीर कपूर स्टारर ‘एनिमल’ अझै पनि चर्चामै छ। फिल्मले बक्स अफिसमा ठूलो व्यवापार गरेको थियो। फिल्ममा रणवीरले निर्वाह गरेको अल्फा पुरुष पात्र
रणविजयको निकै आलोचना भएको थियो। फिल्मबारे टिप्पणी गर्दै फिल्म निर्माता तथा अभिनेता फरहानले पनि रणवीरको चरित्रलाई समस्याग्रस्त भने।
उनले यस फिल्मलाई आफूले कहिल्यै सम्बन्ध नराख्ने बताएका छन्।
फे डिसुजालाई दिएको एक अन्तर्वार्तामा फरहानले यो फिल्म उनको प्रकारको नभएको प्रतिक्रिया दिएका छन्। उनले भने, ‘फिल्मले मेरो लागि खास केही गर्न सकेन। मलाई लाग्दैन कि यो मैले कसैलाई हेर्न सिफारिस गर्ने कुरा हो।’
एनिमल फिल्म प्रोडक्सन गर्ने मौका मिलेको भए के गर्नुहुन्थ्यो भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘होइन, म गर्दिनथिएँ। मलाई लाग्छ, रणवीरको यो चरित्र मेरा लागि समस्याग्रस्त छ।’
यसअघि पनि राज शम्मीलाई दिएको एक अन्तर्वार्तामा फरहानले फिल्म एनिमल र यसमा रणवीर कपूरको भूमिकाको बारेमा कुरा गरेका थिए।
फरहानले आफ्नो रोजाइअनुसार फिल्म बनाउने अधिकार सबैलाई रहेको तर कसलाई मन पर्यो र कसलाई मन पर्दैन भन्ने निर्णय गर्ने काम दर्शकको रहेको बताएका थिए।
फरहानले भनेका थिए, ‘म विश्वास गर्दिनँ कि केही चिजहरू देखाउनु हुँदैन। हामी यस्तो क्षेत्रमा छौं, जहाँ कसैले मलाई ‘तिमीले यस्तो फिल्म बनाउन सक्दैनौ’ भन्यो भने म भन्छु, ‘मैले के बनाउनुपर्छ र के नगर्नुपर्छ भन्ने तिमी को हौ?’
‘यो देशको कानूनले अनुमति दिएको मसँग कलात्मक अभिव्यक्तिको स्वतन्त्रता छ म जे चाहन्छु भन्न सक्छु। दर्शकले के सुन्न चाहन्छन् भन्ने कुरा उनीहरूले नै तय गर्नेछन्, म कुनै पनि फिल्म निर्माता वा लेखक वा निर्देशक वा कसैलाई ‘यार, यो नबनाउन’ वा ‘यस्तो फिल्म बनाउन सकिँदैन’ भन्ने छैन’, उनले अन्तर्वार्तामा भने।
फरहान अहिले ‘डन ३’ मा काम गरिरहेका छन्। यसपटक रणवीर सिंह डनको भूमिकामा देखिनेछन्। यसको रिलिज २०२७ को लागि निर्धारण गरिएको छ।


