काठमाडौँ- नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीको शब्दमा नयाँ गीत ‘फूलको बासना सरी’ सार्वजनिक भएको छ।
आरटी इन्टरटेन्मेनटको युट्युब च्यानलमार्फत् नेपाल प्रहरीको भूमिकाका विषयमा तयार गरिएको गीत सार्वजनिक गरिएको हो।
गीतमा दीपक शर्माले संगीत भरेका हुन् भने राजेश पायल राई, मेलिना राई, बेनिशा पौडले र समीर खरेलले स्वर दिएका छन्।
सरोज ओलीको कन्सेप्टमा तयार गरिएको गीतको म्युजिक भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका छन्।
भिडियोमा गायक प्रकाश सपुत, नायिका प्रियंका कार्कीलगायतले अभिनय गरेका छन्।
यस्तो छ भिडियो


