काठमाडौँ- गायक प्रमोद खरेलको स्वर र कस्तुप पन्तको शब्दसंगीत भरिएको नयाँ गीत ‘धेरै माया’ सार्वजनिक भएको छ।
आइतबार पन्तको युट्यबु च्यानलबाट गीत सार्वजनिक गरिएको हो।
गीतको म्युजिक भिडियोमा विक्रम बुढाथोकी र संचिता शाहीलगायतले अभिनय गरेका छन्।
अजय रेग्मीले कैद गरेको भिडियोलाई क्रान्ति केसीले निर्देशन गरेका हुन्।
