२०८३ साउन १३ गते बुधबार

नायिका पूजा शर्माको रावायण किन सुस्तायो?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २३
ramayan-1

काठमाडौं– पटक–पटक विवादमा परिरहने नायिका पूजा शर्माको चलचित्र ‘रावायण’ बक्स अफिसमा फितलो सावित भएको छ। प्रर्दशनको प्रारम्भमा हलहरुतिर गतिलै चहलपहल दिएको भनिएको चलचित्रको आइतबारको व्यवसाय भने अत्यन्तै कमजोर देखिएको हो।

दुई दिनअघि शुक्रबारदेखि हलहरुमा सार्वजनिक भएको सुर्दशन थापा निर्देशित फिल्म ‘रावायण’को व्यवसायिक ध्वस्तिकरणमा विवादित नायिका शर्मा नै कारण रहेको टिप्पणी फिल्म जगतमा सुनिन थालेको छ। नायिका शर्माले हालै मात्र आफ्नो फिल्मको पब्लिसिटीका सिलसिलामा गायिका समिक्षा अधिकारीलाई जोडेर आफ्नो अभिव्यक्ति दिएपछि उनको आलोचना सुरु भएको थियो। कतिपयले त सामाजिक सञ्जालमा ‘पूजाको फिल्म बहिष्कार गर्नुपर्ने’ मत समेत राखेका छन्। नायिका शर्माले नायक पल शाह जो उनको फिल्म रावायणका अभिनेता समेत हुन्, लाई ‘ग्लोरीफाइ’ गर्नका लागि गायिका समिक्षा अधिकारीप्रति कटाक्ष गरेपछि उनीबारे यस्ता प्रतिक्रियाहरु सतहमा आएका थिए।

‘रावायण’मा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरि, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाहीलगायत कलाकारको अभिनय छ। स्टारडम् र तिब्रतम् प्रचारप्रसार शैली अख्तियार गरेको सो फिल्मका कलाकारहरु शुक्रबार र शनिबार उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकलाई हौसला दिने अभ्यासमा थिए। ‘तर आइतबार एकाएक फिल्मको व्यापार त्यति अपेक्षाकृत देखिएन’ फिल्म रावायणसम्बद्ध एक सदस्यले भने, ‘फिल्मको डिजिटल राइट र विदेशबाट भएको व्यापारिक प्रविद्धताले एक हदसम्म फिल्मले लगानी उठाउला कि भन्ने थियो तर घरेलु व्यापार उकासिएन भने फिल्म फ्लप दर्जामा पुग्ने सम्भावना देखियो।’

‘रावायण’मा सुदर्शन थापाको कथा र शिवम अधिकारीको लेखन छ। साउथ इन्डियन फिल्मी फर्मूलाबाट प्रभावित यो फिल्म निर्माणमा निर्देशक थापाले अधिक मिहिनेत गरेको निर्माण टिमको विश्वास पनि थियो। ‘डाइरेक्टर सापको मिहिनेत राम्रै थियो। फिल्म फ्लप भयो भने त्यसको कारण अरु कोही नभएर पूजा शर्मा नै हुने निश्चित छ’, ‘रावायण’ टिमसँग जोडिएका ती सदस्यले भने, ‘पब्लिसीटीका लागि अरु कुराहरुमा हेक्का नराखी बोल्ने पूजाको बानीले उनैलाई हानी हुने देखियो।’

 

प्रकाशित: २०८१ भदौ २३ गते आईतबार ०५:२१
प्रतिक्रिया

थप समाचार

क्लब नोभामा गुञ्जिँदै सविन राई र नवीन के भट्टराई, क्यान्सरसँग जुधिरहेकी रेखालाई सहयोग गरिने

काठमाडौँ: नेपाली सांगीतिक क्षेत्रका दुई चर्चित ब्यान्ड सविन राई एन्ड द फाराेह र नविन के. भट्टराई एन्ड अतृप्त एकै मञ्चमा प्रस्तुत हुने भएका छन्। आगामी साउन २३ गते (८ अगस्ट) शनिबार नेपालकै सबैभन्दा...

‘गौंथली’ को आक्रामक व्यापार, १० दिनमै ७ करोड ४२ लाख ग्रस कलेक्सन

काठमाडौँ: साउनको सुरुवातसँगै प्रदर्शनमा आएको नेपाली चलचित्र ‘गौंथली’ ले घरेलु बक्स अफिसमा आक्रामक व्यापारलाई निरन्तरता दिएको छ। प्रदर्शनको १० औँ दिनसम्म आइपुग्दा ‘गौंथली’ ले करोडौंको व्यापार...

यस्तै हो भने देश प्रगतितर्फ होइन, ठप्प अवस्थातर्फ जानसक्छ: राजेश हमाल

काठमाडौँ: महानायक राजेश हमालले सरकारको आलोचना गरेका छन्। उनले सामाजिक सञ्जालमा प्रश्न गरेका छन्, 'देशको शासन प्रणाली नै ‘हिट एन्ड मिस’ अर्थात् अन्दाज र परीक्षणको भरमा सञ्चालन गर्नु कत्तिको...

‘महादेव! धनको बिटो पठाइदेऊ, खाली भयो जेब’

काठमाडौँ: हरितालिका तीजको अवसर पारेर नयाँ तीज गीत 'महादेव! खाली भयो जेब' सार्वजनिक भएको छ। गायिका एलिना चौहानको स्वर रहेको गीतको शब्द तथा संगीत कस्तुप पन्तको रहेको छ। यस्तै स‌ंगीत संयोजन भने...

हलमा प्रदर्शनरत कुन फिल्मले कति कमाए?

काठमाडौँ: यस वर्ष को पहिलो त्रैमासमा चलचित्र ‘लालीबजार’ ले सबैभन्दा बढि रु नौ करोड ३२ लाख नौ हजार ९२५ र सबैभन्दा कम ‘जाँड’ ले रु एक लाख २६ हजार आम्दानी गरेको छ। चलचित्र विकास बोर्डले प्रत्येक...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना