२०८३ कार्तिक १३ गते बिहिबार

नायिका पूजा शर्माको रावायण किन सुस्तायो?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २३
ramayan-1

काठमाडौं– पटक–पटक विवादमा परिरहने नायिका पूजा शर्माको चलचित्र ‘रावायण’ बक्स अफिसमा फितलो सावित भएको छ। प्रर्दशनको प्रारम्भमा हलहरुतिर गतिलै चहलपहल दिएको भनिएको चलचित्रको आइतबारको व्यवसाय भने अत्यन्तै कमजोर देखिएको हो।

दुई दिनअघि शुक्रबारदेखि हलहरुमा सार्वजनिक भएको सुर्दशन थापा निर्देशित फिल्म ‘रावायण’को व्यवसायिक ध्वस्तिकरणमा विवादित नायिका शर्मा नै कारण रहेको टिप्पणी फिल्म जगतमा सुनिन थालेको छ। नायिका शर्माले हालै मात्र आफ्नो फिल्मको पब्लिसिटीका सिलसिलामा गायिका समिक्षा अधिकारीलाई जोडेर आफ्नो अभिव्यक्ति दिएपछि उनको आलोचना सुरु भएको थियो। कतिपयले त सामाजिक सञ्जालमा ‘पूजाको फिल्म बहिष्कार गर्नुपर्ने’ मत समेत राखेका छन्। नायिका शर्माले नायक पल शाह जो उनको फिल्म रावायणका अभिनेता समेत हुन्, लाई ‘ग्लोरीफाइ’ गर्नका लागि गायिका समिक्षा अधिकारीप्रति कटाक्ष गरेपछि उनीबारे यस्ता प्रतिक्रियाहरु सतहमा आएका थिए।

‘रावायण’मा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरि, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाहीलगायत कलाकारको अभिनय छ। स्टारडम् र तिब्रतम् प्रचारप्रसार शैली अख्तियार गरेको सो फिल्मका कलाकारहरु शुक्रबार र शनिबार उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकलाई हौसला दिने अभ्यासमा थिए। ‘तर आइतबार एकाएक फिल्मको व्यापार त्यति अपेक्षाकृत देखिएन’ फिल्म रावायणसम्बद्ध एक सदस्यले भने, ‘फिल्मको डिजिटल राइट र विदेशबाट भएको व्यापारिक प्रविद्धताले एक हदसम्म फिल्मले लगानी उठाउला कि भन्ने थियो तर घरेलु व्यापार उकासिएन भने फिल्म फ्लप दर्जामा पुग्ने सम्भावना देखियो।’

‘रावायण’मा सुदर्शन थापाको कथा र शिवम अधिकारीको लेखन छ। साउथ इन्डियन फिल्मी फर्मूलाबाट प्रभावित यो फिल्म निर्माणमा निर्देशक थापाले अधिक मिहिनेत गरेको निर्माण टिमको विश्वास पनि थियो। ‘डाइरेक्टर सापको मिहिनेत राम्रै थियो। फिल्म फ्लप भयो भने त्यसको कारण अरु कोही नभएर पूजा शर्मा नै हुने निश्चित छ’, ‘रावायण’ टिमसँग जोडिएका ती सदस्यले भने, ‘पब्लिसीटीका लागि अरु कुराहरुमा हेक्का नराखी बोल्ने पूजाको बानीले उनैलाई हानी हुने देखियो।’

 

प्रकाशित: २०८१ भदौ २३ गते आईतबार ०५:२१
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना