काठमाडौँ- नेपाली हास्यव्यंग्यको क्षेत्रमा ‘महजोडी’का नामले परिचित मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले दशैंका अवसरमा नयाँ प्रहसन प्रदर्शन गर्ने घोषणा गरेको छ।
यो नाटकको शीर्षक ‘महयात्रा’ रहेको छ। जसले हास्यव्यंग्यको माध्यमबाट समाजप्रति सन्देश दिने उद्देश्य राखेको काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
नेपाली दर्शकहरूलाई हास्य र व्यंग्यको शैलीमा मनोरञ्जन दिनकै लागि चिनिएका ‘महजोडी’ले यस पटक विशेषरूपमा दशैंको अवसरमा नयाँ नाटक प्रस्तुत गर्न लागेको हो।
नाटकमा कलाकारहरू राजाराम पौडेल, शिवहरी पौडेल, दमन रूपाखेती, लगायतले पनि अभिनय गर्नेछन्। ‘मह यात्रा’को मञ्चन कात्तिक २१ गतेदेखि सुरु हुनेछ।
यस प्रहसनको मुख्य विशेषता हास्य व्यंग्यको माध्यमबाट समाजमा रहेका समसामयिक समस्याहरु र विविध मुद्दाहरुलाई उजागर गर्नु हो। नेपाली समाजका परम्परा, राजनीति, सामाजिक संरचना, तथा सांस्कृतिक कुरितीहरुलाई व्यंग्यको माध्यमबाट प्रस्तुत गर्ने यो प्रस्तुति महजोडीको अद्वितीय शैलीमा हुनेछ।
दश वर्षको लामो अन्तरालपछि फेरि एकसाथ नाटकमञ्चमा आउन लागेको जोडीले आफ्नो पुरानो शैलीको हास्यव्यंग्य लाई फेरि जीवन्त बनाउन र नेपाली दर्शकहरुलाई हसाउने छ। प्रहसनमा हास्य र सन्देशको मिश्रण हुनेछ।
यो प्रहसन नेपाली समाजमा हालैका वर्षहरूमा भएका विभिन्न राजनीतिक, सामाजिक र सांस्कृतिक घटनाहरुको आलोचनात्मक दृष्टिकोण हुने बताइएको छ।
‘महजात्रा’ महसञ्चार र सुश्री मिडिया प्रालिको सहकार्यमा कात्तिक २२ गतेदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ भने प्रहसनको टिकट खल्ती एपमार्फत खरिद गर्न सकिनेछ।


