काठमाडौँ– जौन योञ्जनको निर्माण र निर्देशनमा बनेको फिल्म ‘आँखा’आजबाट देशरभर प्रदर्शनमा आएको छ। फिल्मले सहरी गरिब र सुकुम्बासी कथा बोकेको छ।
पोस्टर र टिजर सार्वजनिक भएसँगै ‘आँखा’ले दर्शकको ध्यान तानेको थियो। फिल्ममा स्मिता लामिछाने, आरके मेहता, विजय बराल, निशा अधिकारीलगायत कलाकारको मुख्य भूमिका छ।
‘आँखा’लाई आलोक शुक्लाले खिचेका छन् भने कृष्ण भण्डारी र निर्देशक योञ्जनले सम्पादन गरेका छन्। फिल्ममा किशोर आचार्यले साउण्ड डिजाइन र आरिजिनल स्कोर गङ्गा थापाले गरेका छन्।


