२०८३ कार्तिक १३ गते बिहिबार

दसैँमा चार फिल्म : कसैलाई ‘दशा’ नलागोस्!

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १४
dashain_film

काठमाडौँ– हालै मात्र दुई फिल्म अविरल वर्षासँगै विपदको चपेटामा परे।

समीक्षकहरूको राम्रो प्रशंसा बटुलिरहेका ‘आँखा’ र ‘सानो संसार’ बाढीपहिरो र डुबानमा मिसिन पर्‍यो। अन्तत: ‘आँखा’का निर्देशक जोन योञ्जन र ‘सानो संसार’का निर्माता अर्जुन कुमार दुवैले फिल्म स्थगित गरे।

दसैं पर्खेर बसेका चार फिल्म छन्। हुन त दसैं पर्व हरेक व्यापार र व्यवसायका मनग्य कमाइ हुने उपयुक्त समय हो। फिल्मकर्मीहरूलाई लाग्छ, ‘यो समयमा बम्पर कमाउन सकिन्छ।’

फिल्मको हकमा यस्तो हुँदैन। अघिल्लो वर्षकै उदाहरण हेर्ने हो भने दर्शकहरूले निकै अपेक्षा गरेको फिल्म ‘पशुपति प्रसाद-२ भष्मे डन’ले कमजोर कथाकै कारण व्यापारमा दसैंको स्वाद चाख्न पाएन।

जबकि बलियो कथाकै कारण करिब ९ वर्षअघि हलमा लागेको ‘पशुपतिप्रसाद’ले ‘वर्ड अफ माउथ’का कारण थुप्रै दर्शकहरूलाई हलससम्म डोहोर्‍याएको थियो। कथाभन्दा फिल्म चल्न पर्वलाई विश्वास गर्ने फिल्मकर्मीहरू बरु फिल्म जुधाउन तयार छन्, तर मिति सार्न तयार छैनन्।

‘बेहुली फ्रम मेघौली’, ‘छक्का पञ्जा-५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ दसैंको छेको रिलिज हुन लागेका फिल्म हुन्। यीमध्ये ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ असोज २४ गते फूलपातीमा एकसाथ रिलिज हुँदैछन्।

त्यसअघि असोज १७ गते घटस्थापनाको दिन ‘बेहुली फ्रम मेघौली’ प्रदर्शनमा आउँदैछ। साजन काफ्ले र आकाश बरालले निर्देशन गरेको फिल्ममा निश्चल बस्नेत र स्वस्तिमा खड्का मुख्य भूमिकामा छन्।

उनीहरू फिल्मका निर्मातासमेत हुन्। फिल्ममा स्वस्तिमा र निश्चलसँगै विजय बराल, टीका पहारी, बसुन्धरा भुसाल लगायतको अभिनय छ। निश्चल र स्वस्तिमाका जोडी रिलमा होस् वा रिलयमा सधै रुचाइन्छ। यसपटक कति रुचाइन्छ भन्ने कुरा निर्धारण रिलिजको दिन हुनेछ।

दुई फिल्म : पुरानै तुष, नयाँ निहुँ
फूलपातीको दिन एकसाथ रिलिज हुन लागेका फिल्ममध्ये दुई कमेडी विधाका र एक एक्सन विधाको फिल्म हुन्।

कमेडी विधाका दुई फिल्मकै चर्चा गरौँ। ‘छक्कापञ्जा’ टिमले ‘छ एक्कान छ’देखि कहिल्यै पछाडि फर्केर हेर्नुपरेको छैन। दीपक दीपाको ‘छ एक्कान ‍छ’, ‘वडा नम्बर छ’, ‘छ माया छपक्कै’ होस् वा ‘छक्का पञ्जा सिरिज’। उनीहरूको कमाइ उकालै मात्र छ।

कुनै समय त्यही टिमको महत्वपूर्ण सदस्य थिए जितु नेपाल। पटकथा लेख्नदेखि फिल्ममा महत्त्वपूर्ण भूमिका उनले निर्वाह गरेका हुन्थे। समूहमा खटपट आएपछि जितु बाहिरिए। त्यसकारण ‘छक्का पञ्जा ४’मा जितु देखिएनन्। बरु जितुले त्यस बीचमा ‘ह्यारी कि प्यारीमा’ लिड रोलको निर्वाह गरे।

उनले चाहेका तर नपाइरहेका थिए। उनकै भाषामा भन्दा जितुले उक्त फिल्मबाट ‘हिरो’ बन्ने मौका पाए। तर त्यसले न समीक्षकबाट न दर्शकबाट नै माया पाउन सक्यो। फिल्म ‘फ्लप’ भयो। उनको फिल्म फ्लप भइरहँदा आफू बाहिरिएको टिमको फिल्मले भने उस्तै व्यावसायिक सफलता पाइरहेको थियो।

कुनै समय आफू महत्त्वपूर्ण सदस्य रहेकै टिमसँग जितुले मुख्य भूमिका निर्वाह गरेको फिल्म ‘ज्वाइँसाब’ जुध्न लाग्यो। अहिले दुवै पक्ष एकअर्काभित्र पालेका तुष सञ्चारमाध्यममा पोखिरहेका छन्। सायद फिल्म प्रचारको पुरानै शैलीको निरन्तरता पनि हुन सक्छ यो।

यी दुवै मिति सार्ने पक्षमा छैनन्।  बाजी चाहिँ कसले मार्छ, त्यसको निर्धारण भने दर्शकले गर्नेछन्।

एक्सनसँगै विराजको इन्ट्री
अभिनेता विराज भट्ट ६० को दशकका चर्चित अभिनेता हुन्। उनी एक्सनकै कारण चर्चामा थिए त्यतिबेला।

बीचमा भोजपुरी फिल्महरूमा व्यस्त भएका विराज करिब ६ वर्षअघि ‘साङ्लो’मार्फत् फर्किए। निर्देशनमा उनको पर्दापण पनि थियो त्यो।

तर विराजलाई पहिलो गाँसमै ढुँगा लाग्यो। फिल्मले कुनै जादु गर्न सकेन। त्यसपछि हराएका विराज यसपटक छोरा समीरलाई हिरोको रुपमा डेब्यू गराउँदै ’१२ गाउँ’मा देखा पर्ने भएका छन्।

पछिल्ला तथ्याङ्कहरूलाई केलाउँदा अहिले नेपाली दर्शकहरूले कमेडी विधाका फिल्महरूलाई बढी अनुमोदन गरिरहेका छन्। नेपाली एक्सन फिल्महरू उसो त कम बन्छन्। बनेकाहरू पनि हलमा लामो समय टिक्न सकेका छैनन्।

यी तिनवटै फिल्मले मार्केटिङ र पब्लिसिटीमा कुनै कसर बाँकी राखेका छैनन्। पब्लिसिटी गरेअनुसार दर्शकहरूमा यी तीन फिल्मको सूचना राम्रैसँग पुगेको हुनुपर्ने हो।

अब दर्शकहरू रुचि र स्वादअनुसार बाँडिन्छन् वा तीनै फिल्मलाई अनुमोदन गर्छन् वा jf कथावस्तु र ‘वर्ड अफ माउथ’लाई विश्वास गरेर हलसम्म जान्छन्। त्यसको परिणाम भने फूलपातीको दिनबाटै आउन थाल्नेछ।

प्रकाशित: २०८१ असोज १४ गते सोमबार ११:३३
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना