२०८३ कार्तिक १३ गते बिहिबार

काठमाडौँका विद्यार्थीसँग यसरी खुलिन् अभिनेत्री स्वस्तिमा खड्का

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक ५
kmc00049-cover

काठमाडौँ- ‘तपाईँले जुन लक्ष्य लिनुहुन्छ। त्यसलाई अरुले विश्वाश नगर्न सक्छन्। अरुले विश्वास गरुन् या नगरुन् यसले केही फरक पार्दैन। तर, तपाईँमा लक्ष्यमा पुग्ने रुचि छ कि छैन। त्यसले चाहिँ फरक पार्छ।’

अभिनेत्री स्वस्तिमा खड्काले सामुदायिक विद्यालयका विद्यार्थीहरुसँग अन्तर्क्रियामा भनिन्, ‘तपाईँको रुचि परिवर्तन हुन सक्छ। यो स्वभाविक हो। यसमा चिन्तित हुनु पर्दैन। आफ्ना भावनाहरु अभिभावकलाई सुनाउन चाहिँ छुटाउनु हुँदैन। नडराउनु, भित्री चाहना अनुसार लक्ष्य बनाउनु। गर्न नसक्ने केही छैन।’

महानगरपालिकाले सामुदायिक विद्यालयको कक्षा १० मा अध्ययरत विद्यार्थीहरुलाई अध्ययनमा रुचि बढाउन सुरु गरेको ‘फेस्टिभल क्याम्प’को उत्प्रेरणात्मक कक्षामा उहाँले पशुपति मित्र माध्यमिक विद्यालयका विद्यार्थीहरुसँग अनतर्क्रियामा उनी सहभागी भएकी हुन्।

किशोरावस्थाका संवेगलाई जोड्दै भनिन्, ‘आफूले सोचेको कुरा अभिभावकले नबुझेको जस्तो लाग्न सक्छ। अभिभावकले भनेका कुरा आफूलाई चित्त नबुझेको हुन सक्छ। आफूलाई यस्तो लागे पनि अभिभावकले भने सन्तानको भविष्यका बारेमा सोचिरहनु भएको हुन्छ। यो भने महसुस गर्नुपर्छ।’

अन्तर्क्रियाका क्रममा उनले विद्यार्थीहरुलाई भविष्यमा अपनाउने पेसाबारे जिज्ञासा राखेकी थिइन्। यसक्रममा विद्यार्थीहरुले डाक्टर, नर्स, सुरक्षाकर्मी, शिक्षकसहितका पेसा छानेका थिए।

अन्तर्क्रियाका क्रममा विद्यार्थीहरुले चलचित्र क्षेत्रमा प्रवेश गर्दाताकाको स्वस्तिमाको अनुभव, काम गर्दाको अनुभव, संघर्षका कुरासँगै व्यक्तिगत जीवनसँग सम्बन्धित प्रश्नहरु गरेका थिए।

प्रश्नको जवाफमा अभिनेत्री खड्काले बाल्यकालमा मनमा आएको कुरा सुनाइन्, ‘सानोमा अभिनेत्री हुन मन थियो तर यो कुरा अभिभावकसँग भनिन। उच्च शिक्षामा पनि इञ्जिनियरिङ् पढेँ। गणित गाह्रो लाग्थ्यो। मिहनेत गर्दा गर्दा राम्रो अङ्क प्राप्त भयो।’

वैवाहिक जीवनका बारेमा सोधिएको प्रश्नको जवाफमा उनले भनिन्, ‘विवाह एउटा प्रक्रिया हो। आपसमा कुरा बुझ्न सक्ने भएपछि पेशा अगाडि बढाउन असजिलो हुँदैन।’

‘डाक्टर बन्छु। इञ्जिनियर बन्छु। पाइलट बन्छु। भन्दा शिक्षकले, अभिभावकले पढ्ने रैछ भनेर हेर्ने दृष्टिकोण सकारात्मक बनाउने भएपछि विद्यार्थीहरुले भित्री रुचि अरु नै भए पनि भन्न चाहिँ अर्कै भन्छन्। कक्षामा अरुले के भन्छ वा सोच्छ भनेर होइन आफूभित्रको रुचिअनुसार क्षमता विकास गर्ने लक्ष्य बनाउनु पर्नेमा प्रोत्साहित गरिएको थियो।

विद्यार्थीहरुलाई विद्यालयभित्र उपलब्ध भएबाहेकका अवसर प्रदान गर्न क्याम्पभित्र प्रभावशाली व्यक्तित्वसँग १ घण्टाको उत्प्रेरणात्मक कक्षा सञ्चालन गरिएको हो। सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा भन्छन्, ‘कलाकारसँगै बैङ्क, वित्तीय क्षेत्र तथा विभिन्न प्रतिष्ठित निकायका प्रमुख कार्यकारी, बैज्ञानिक, प्राध्यापकसहित समाजका प्रभावशाली व्यक्तित्वलाई बोलाएर विद्यार्थीहरुसँग अन्तरक्रियात्मक छलफलको अवसर उपलब्ध गराइनेछ।’

जीविकोपार्जनका लागि अपनाइने पेशा जुनसुकै भए पनि त्यस क्षेत्रसँग सम्बन्धित विषयमा मात्र ज्ञान राखेर पुग्दैन। यससँग सम्बन्धित क्षेत्रका विषयमा जानकारी हुनुपर्छ। यसकारण, पेशा एउटा अपनाए पनि ज्ञान र सिप भने धेरै क्षेत्रको लिनु पर्छ, भन्ने विद्यार्थीमा भाव बोध गराउनु क्याम्प सञ्चालनको अर्को महत्वपूर्ण पक्ष हो। झाको भनाइ छ।

प्रमुखको सचिवालय सल्लाहकार अनुष्का श्रेष्ठ भन्छिन्, ‘पारिवारिक, आर्थिक, सामाजिक, सांस्कृतिक जस्ता कारणले बालबालिकाहरुमा आउन सक्ने हीनताबोध हटाउन काम गरिरहेका छौँ। बालबालिकामा हीनताबोध हटाएर आत्मविश्वाश जगाउन सके समयले माग गरेकाअनुरुपका जनशक्ति उत्पादन गर्न सकिन्छ।’

फरक भाव, सोच र क्षेत्रका भावना भएका व्यक्तिसँग अन्तरघुलन हुने क्षमता विकास गर्न विद्यालय उपयुक्त स्थान हो। यसलाई उपयोग गर्नुपर्छ। औपचारिक शिक्षा निश्चित समयावधिका लागि भए पनि सिकाइ जीवनभर नै चलिरहन्छ। कक्षामा विद्यार्थीहरुलाई अनुभूत गराउने प्रयास गरिएको थियो।

प्रकाशित: २०८१ कार्तिक ५ गते सोमबार ०४:५५
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना