काठमाडौँ– दक्षिण भारतीय स्टार प्रभासको नयाँ फिल्म रिलिजको प्रतीक्षामा दर्शकहरू छन्। उनको नयाँ फिल्म ‘द राजा साब’को नयाँ पोस्टर सार्वजनिक भएसँगै दर्शक तथा शुभचिन्तकमा कौतुहलता थपिएको छ।
पोस्टरमा उनी कुल अवतारमा देखिएका छन्। प्रभासको आगामी फिल्म ‘द राजा साब’सँगै ‘कन्नप्पा’ पनि चर्चामा छ।’द राजा साब’मा प्रभासले दमदार भूमिकामा अभिनय गर्ने जनाइएको छ।
यस फिल्मको निर्देशन हनु राघवपुडीले गरेका छन्। अहिले सामाजिक सञ्जालमा दर्शकहरूले टिजर र ट्रेलरको प्रतीक्षा गरिरहेको प्रतिक्रिया दिएका छन्।


