काठमाडौँ– केही दिनदेखि सामाजिक सञ्जालमा निम्रत कौर र अभिषेक बच्चनको नाम जोडिन थालेको छ।
पत्नी ऐश्वर्या रायसँग सम्बन्ध चिसिएको हल्लासँगै अभिषेकको निम्रतसँग नाम जोडिएको खबर फैलिन थालेको हो।
अभिषेकले यस अफेयरबारे कुनै प्रतिक्रिया दिएका छैनन्। तर निम्रतले एक अन्तर्वार्तामा स्पष्ट पारेकी छन्। उनले हालैको एक अन्तर्वार्तामा भनिन्, ‘ यो अफवाह हो। यस्तो गसिपलाई रोक्न सकिँदैन। म मेरो काममा ध्यान दिन चाहन्छु।’
अभिषेक र निम्रतले सन् २०२२मा रिलिज भएको फिल्म ‘दसवीं’मा सँगै अभिनय गरेका थिए। यस फिल्ममा निम्रतले अभिषेकको अन-स्क्रीन पत्नीको भूमिका निभाएकी थिइन्।
वर्षको सुरुदेखि नै अभिषेक र ऐश्वर्याबीच सम्बन्धबिच्छेदका खबरहरू आइरहेका छन्।
ऐश्वर्या बच्चन परिवाराट अलग बस्दै आएको हल्ला पनि छ। अभिषेकको कुनै अवार्ड कार्यक्रममा अनुपस्थित हुनु र पारिवारिक पार्टीमा नजानुले पनि उनीहरूको सम्बन्धमा दरार आएको सङ्केत गर्छ।
तर, अहिलेसम्म ऐश्वर्या र अभिषेकले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्।


