२०८३ कार्तिक १३ गते बिहिबार

मुजिबरको इतिहास मेटाउँदै बंगलादेश : खोसियो राष्ट्रपिताको उपाधि, पाठ्यपुस्तकमा पनि व्यापक परिवर्तन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस १८
bangaladesh-student

एजेन्सी – बंगलादेशको युनुस सरकारले शेख हसिनाका पिता तथा पूर्वराष्ट्रपति शेख मुजिबुर रहमानको विरासतलाई मेटाउन थालेको छ।

वर्तमान सरकारले बंगलादेशको पाठ्यपुस्तकमा परिवर्तन गर्ने निर्णय गरेको हो। बंगलादेशको अनलाइन न्युज पोर्टल डेली स्टारका अनुसार अबदेखि बंगलादेशलाई सन् १९७१ मा पाकिस्तानबाट मुजिबुर रहमानले नभई जियाउर रहमानले स्वतन्त्रता दिलाइएको उल्लेख गरिएको पढाइनेछ।

जियाउर रहमान बंगलादेशकी पूर्वराष्ट्रपति खालिदा जियाका पति थिए। बंगलादेश स्वतन्त्र भएपछि उनी सहसेना प्रमुख बनेका थिए। पछि उनी देशको राष्ट्रपति पनि भएका थिए। सन् १९८१ मा सेनासँग सम्बन्धित केही व्यक्तिले उनको हत्या गरेका थिए।

जियाउर रहमान

रिपोर्टका अनुसार नयाँ पुस्तकमा मुजिबरको राष्ट्रपिताको उपाधि पनि हटाइएको हो। यो पुस्तक प्राथमिकदेखि माध्यमिक तहसम्मका विद्यार्थीहरूलाई पढाइनेछ।

बंगलादेशको स्वतन्त्रताको घोषणालाई लिएर विवाद

बंगलादेशमा कसले स्वतन्त्रता घोषणा गर्‍यो भन्ने कुरामा सधैं विवाद हुँदै आएको छ। अवामी लिगले यो घोषणा ‘बंगबन्धु’ मुजिबुर रहमानले गरेको दाबी गर्छ भने खालिदा जियाको बीएनपी पार्टीले यसको श्रेय संस्थापक जियाउर रहमानलाई दिन्छ।

रिपोर्टका अनुसार बंगलादेशको पाठ्यपुस्तकमा यस्तो परिवर्तन भएको यो पहिलो पटक भने होइन। त्यहाँ सरकार परिवर्तनसँगै पुस्तकमा स्वतन्त्रताको घोषणा गर्ने नेताको नाम परिवर्तन हुँदै आएको छ।

शेख हसिनाले १४ वर्षअघि पनि पुस्तकमा गरेकी थिइन् परिवर्तन

पाठ्यपुस्तकमा परिमार्जन गर्ने लेखकमध्येका अनुसन्धानकर्ता राखल राहाले यसअघिका पुस्तकमा तथ्यपरक जानकारी नभएको बताए।

सन् १९९६–२००१ सम्म देशमा स्वतन्त्र सरकार चलिरहेको बेला शेख मुजिबरले बंगलादेशको स्वतन्त्रताको घोषणा गरेको र जियाउर रहमानले घोषणापत्र पढेको पाठ्यपुस्तकमा लेखिएको राष्ट्रिय पाठ्यक्रम र पाठ्यपुस्तक बोर्ड (एनसीटीबी)का अधिकारीहरूले बताएका छन्।

मुजिबुर रहमान

यसपछि सन् २००१ मा खालिदा जियाको सरकार बनेपछि उनले यसमा परिवर्तन गरिन्। शेख हसिना सन् २००९ मा सत्तामा आएपछि सन् २०१० मा पनि किताबमा परिवर्तन आएको थियो।

त्यसपछि पुस्तकहरूमा थपियो- शेख मुजिबुर रहमानले २६ मार्च १९७१ मा पाकिस्तानी सेनाद्वारा गिरफ्तार हुनुअघि एक स्वतन्त्रताको घोषणा गरेका थिए।

अधिकारीले भने – किताबमा कसैको महिमा हुँदैन

अब नयाँ पुस्तकहरूमा मार्च २६ मार्च १९७१ मा जियाउर रहमानले बंगलादेशको स्वतन्त्रताको घोषणा गर्ने पहिलो व्यक्ति थिए लेखिएको छ।

राखल राहाले अब इतिहासको पुस्तकमा कुनै पनि व्यक्तिको अनावश्यक महिमा नहुने बताए। साथै उनका अनुसार कसैको बारेमा गरिएको कुनै पनि अतिरञ्जित कथनहरू पनि हटाइनेछ।

३३ वटा पुस्तकमा परिवर्तन हुने, १ देखि ३ कक्षाका किताब भने यथावत् रहने

प्रतिवेदनका अनुसार कक्षा ४ देखि ९ सम्मका पुराना किताबको पाठ्यक्रम परिमार्जन भइरहेको छ। तर कक्षा १ देखि ३ सम्मका किताबहरू पहिलेकै जस्तै रहनेछन्। यसअन्तर्गत कुल ३३ वटा पुस्तकको पाठ्यक्रम परिमार्जन गरिनेछ।

बंगाली, गणित, बंगलादेश र ग्लोबल स्टडिज, नागरिक शास्त्र र नागरिकता, बंगलादेशको इतिहासजस्ता अन्य विषयका पुस्तकहरूको पाठ्यक्रम परिवर्तन हुँदैछ। एनसीटीबीसँग सम्बद्ध रबिउल कबीर चौधरीका अनुसार संशोधनको प्रक्रिया अघि बढिसकेको र यही महिनाको अन्त्यसम्ममा सम्पन्न हुने अपेक्षा गरिएको छ।

प्रकाशित: २०८१ पुस १८ गते बिहिबार ०९:४९
प्रतिक्रिया

थप समाचार

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना