२०८३ कार्तिक १३ गते बिहिबार

क्यालिफोर्नियाको आगलागीमा ५ जनाको मृत्यु, हजारौँको भागाभाग

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस २५
us-fire2

एजेन्सी – अमेरिकाको क्यालिफोर्नियाको लस एन्जलस क्षेत्रमा आगलागीका कारण अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ।

मंगलबार तीव्र हावाका कारण फैलिएको अनियन्त्रित आगलागी निभाउने यहाँको सरकारले प्रयास गरिरहेको जनाएको छ। कतिपय स्थानमा हावाको गति ९७ किलोमिटर प्रतिघण्टा पुगेको हुँदा आगो तीव्र गतिमा फैलिएको छ।

आगलागीमा परेर कैयौँ घाइते भएका समाचारहरू बाहिरिएका छन्। आगलागीबाट एक हजारभन्दा बढी घर जलेर नष्ट भएका छन्।

हलिउड कलाकारहरूका घरहरू जलेर खरानी भएका छन्। हजारौं मानिस सुरक्षित स्थानतर्फ भाग्न बाध्य भएका छन्। आगलागीका कारण मानिसहरू हतारमा सवारीसाधन छाडेर हिँड्दा सडक पनि जाम भएका छन्।

लस एन्जलस काउन्टीमा बुधबार लगभग १ लाख ८८ हजार घरहरू बिजुलीविहीन भएका छन्। हावाको गति पनि बढेर १२९ किलोमिटर प्रतिघण्टा पुगेको छ।

लस एन्जलस फायर चिफ क्रिस्टन क्राउलीले भने, ‘हामी अझै खतराबाट मुक्त छैनौं। हजारौं दमकल आगो नियन्त्रणमा जुटेका छन्।’

लस एन्जलसको उत्तरपूर्वी प्रकृति संरक्षण क्षेत्र नजिक मंगलबार साँझ लागेको आगो द्रुत रूपमा २ हजार एकडभन्दा बढीमा फैलिएको छ।

प्रकाशित: २०८१ पुस २५ गते बिहिबार ०९:३०
प्रतिक्रिया

थप समाचार

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना