२०८३ कार्तिक १३ गते बिहिबार

४७ हजारको ज्यान लिएको इजरायल हमास १५ महिने युद्ध रोकियो !

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ ३
Palestinians celebrate as Trump announces deal reached for hostages in Gaza
गाजाको अलअहली ब्याप्टिस्ट अस्पतालको बगैंचामा भेला भएका प्यालेस्टाइनीहरू

एजेन्सी – इजरायल र हमास गाजामा १५ महिना लामो युद्ध रोक्न सहमत भएका छन्।

युद्धविरामको क्रममा हमासले गाजामा बन्धक बनाएका इजरायली नागरिकहरूलाई रिहा गर्नेछ। बदलामा इजरायलले हमासका मानिसहरूलाई पनि रिहा गर्नेछ।

तर, युद्धविरामको औपचारिक घोषणा हुन भने बाँकी छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले भन्यो– हमाससँग युद्धविरामको सम्झौता अहिलेसम्म भएको छैन। अन्तिम वार्ता जारी छ।

अर्कोतर्फ, अमेरिकी राष्ट्रपति जो बाइडेन र कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानीले युद्धविराम सम्झौताको पुष्टि गरेका छन्। थानीका अनुसार युद्धविराम जनवरी १९ देखि लागू हुनेछ।

अल जजिराको रिपोर्टका अनुसार थानीले बुधबार हमास र इजरायलका प्रतिनिधिहरूसँग भेट गरेपछि सम्झौता पूरा भएको बताएका हुन्।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि गाजामा युद्धविराम सम्झौता भएको बताएका छन्। अब मध्यपूर्वमा बन्धकहरू छिट्टै रिहा हुनेछन्।

गाजामा इजरायल र हमासबीच २०२३ अक्टोबर ७ देखि युद्ध चलिरहेको थियो। यसमा दुवै पक्षका ४७ हजारभन्दा बढीको ज्यान गएको छ।

प्रकाशित: २०८१ माघ ३ गते बिहिबार ०७:५०
प्रतिक्रिया

थप समाचार

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना