२०८३ कार्तिक १३ गते बिहिबार

वर्षभर कस्तो रह्यो नेपालको फिल्मी व्यापार?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २९
film

काठमाडौँ- २०८१ अब केही दिनमा नै समापन हुँदै छ। यो वर्ष देशमा धेरै कुरा भए। फिल्म उद्योगमा पनि अनेक भए। विशेष गरेर इतिहासमा नभएका तथ्य र तथ्यांक देखियो। अर्थात् यो वर्ष नेपालको फिल्म उद्योगका लागि निकै महत्त्वपूर्ण सावित भयो। नेपाली फिल्मका दर्शक, नेपाली फिल्मले नेपालमै कतिसम्म व्यापार गर्न सक्छ भन्ने रेकर्ड पनि यसै वर्षले कायम गर्‍यो। यो आँकडाले नेपाली फिल्ममा कतिसम्म लगानी गर्न सम्भव छ, दर्शकले खास कस्ता खालका फिल्मलाई स्वीकार्छन् भन्ने नयाँ रहस्य पनि पदार्पण गरेको छ।

सरसर्ती नेपालमा भएको फिल्मको आम्दानी हेर्दा यो वर्ष नेपालमा हिन्दी र नेपाली फिल्म हेर्न नेपाली हलमा २ अर्ब खर्चिए। वर्षभरमा नेपालभित्र स्वदेशी र विदेशी फिल्म हर्न जानेले यो रकम खर्चिएका हुन्। सम्भवतः नेपालको फिल्म इतिहासमा यति ठूलो आर्थिक चलायमान भएको वर्ष यो नै हो।

वैशाखदेखि चैत तेस्रो सातासम्म डेढ अर्बभन्दा बढीको व्यापार नेपाली फिल्मले मात्रै गरेका छन्। चैत २९ गते लाग्न थालेका २ ठूला चलचित्रको हिसाब आउन बाँकी रहेकै अवस्थामा यो तथ्यांक आएको हो।

अहिलेसम्मको हिसाबकिताब हेर्दा सबैभन्दा धेरै ‘पूर्णबहादुरको सारङ्गी’ले व्यापार गरेको छ। यो फिल्मले नेपालमा ४६ करोड ८० लाख ग्रस कलेक्सन गरेको चलचित्र विकास बोर्डको तथ्यांकमा देखिन्छ। तर, निर्माता र विभिन्न मिडियामा चलेका खबरअनुसार यो तथ्यांक अझ बढ्न सक्छ। तर, एउटा कुरा के पनि हो भने विदेशमा बेचिएका प्रदर्शन राइट्सलाई आधार मान्दा यो चलचित्रले ५० करोड हाराहारी कमाएको अनुमान छ।

‘पूर्णबहादुरको सारङ्गी’ले कमाइमा कीर्तिमान बनाउँदा यस वर्ष दोस्रो धेरै कमाउने नेपाली फिल्म विराज भट्ट निर्देशित ‘१२ गाउँ’ बन्यो। यसको कमाइ झन्डै २० करोड हाराहारी छ। सदाबहार हिट चलचित्र छक्कापन्जा सिरिज छक्कापन्जा-५ सँग जुधेको यो फिल्मप्रति दर्शकले सहानुभूति मात्रै देखाएनन्, नयाँ स्टार समीर भट्टलाई १२ गाउँ मार्फत नेपाली फिल्ममा भव्य स्वागत पनि गरे। त्यस्तै दिपक राज गिरीको चलचित्र छक्कापन्जा-५ ले १५ करोड २० लाख ग्रस गरेको छ। विगतमा दिपकराज गिरीका चलचित्रले अन्य चलचित्रका व्यापारलाई सधैँ पछि पारेको देखिन्थ्यो। तर, यो वर्ष दिपकराज गिरी तेस्रो नम्बरमा परे।

यो वर्ष अर्को अचम्म पनि भयो। खासै आशा नराखिएको, त्यस्तो चर्चा र प्रर्चा नबाँडिएको चलचित्र बोक्सीको घरले राम्रो व्यापार गर्‍यो। यो चलचित्रले १० करोड हाराहारीको व्यापार गरेको तथ्यांक छ। त्यस्तै मिलन चाम्स निर्देशित चलचित्र अञ्जिलाले पनि राम्रो व्यापार गरेको बुझिएको छ। अहिलेसम्मको हिसाब हेर्दा ५ करोड हाराहारी व्यापार गरेको निर्माण टिमको धारणा छ। तर, पूर्ण हिसाबकिताब आउन केही समय लाग्ने निर्माण टिमले जानकारी दियो।

गत जेठमा प्रदर्शन भएको पूजार सार्की पनि हिट चलचित्रमा पर्छ। प्रदीप खड्का, आर्यन सिग्देल, पल शाहलगायतका स्टारको अभिनय रहेको चलचित्रले ७ करोड ३७ लाख ग्रस कलेकसन गरेको तथ्यांक सार्वजनिक भएको छ। जे पर्ला पर्ला भनेर १२गाउँ, छक्कापन्जा-५ सँग जुधाइएको चलचित्र घर ज्वाइँले समेत ५ करोडमाथि कमायो। जितु नेपालको मुख्य अभिनय रहेको यो फिल्मले औषतको समीक्षा पाएको थियो। तथापि फिल्म हेर्ने माहोल यसरी बन्यो कि त्यो बेलामा कुनै पनि चलचित्र लागेको खण्डमा त्यसले पनि २ करोडको व्यापार त गर्दथ्यो।

चलचित्र मनसरा, लाज शरणम्, ह्रस्व दीर्घ, गाउँ आएको बाटो, होस्टेल-३, फर्की फर्कीलगायतका चलचित्रले पनि ४–४ करोडको व्यापार गरेका छन्। निश्चल बस्नेतले निर्माण गरेको ‘बेहुली फ्रम मेघौली’ र अशोक थापामगरले निर्देशन गरेको ‘खुस्मा’ले समेत ३ करोड हाराहारी आम्दानी गरेका छन्।

नेपालमा साउथको जगजगी कायमै
यस वर्ष पनि भारतीय सिनेमाको जगजगी नेपालमा कायमै रह्यो। नेपालबाट सबैभन्दा धेरै कमाउने चलचित्रमा पुष्पा-२ निकै अगाडि छ। यस चलचित्रले नेपालबाट मात्रै २६ करोड ४४ लाख ग्रस व्यापार गरेको बोर्डको तथ्यांकमा छ। यो हेर्दा पूर्णबहादुरको सारंगीपछि सबैभन्दा धेरै यही चलचित्रले कमाएको छ। अझ अर्को कुरा त के छ भने, नेपालमा आजको मितिसम्म विदेशी फिल्मले कमाएको सबैभन्दा धेरै आम्दानीको रेकर्ड समेत हा।

साउथकै कल्कीले पनि नेपालमा निकै राम्रो कमाइ गरेको छ। हिन्दी सिनेमा कल्कीको व्यापारिक आँकडा हेर्दा १२ करोड ५७ लाख आम्दानी गरेको छ। त्यस्तै स्त्री-२ ले ८ करोड ११ लाख ग्रस गरेको छ। सिंघम अगेन र भूलभूलैयाँ-३ ले चार करोडमाथि कमाइ गरेका छन्।

प्रकाशित: २०८१ चैत २९ गते शुक्रबार १०:४३
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना