काठमाडौँ- २०८१ मा ५९ वटा नेपाली चलचित्र प्रदर्शनमा आए। केही चलचित्रले किर्तिमानी व्यापार गरे।
यसवर्ष सबैभन्दा कम व्यापार गरेको चलचित्र बनेको छ-शिरफूल। यस चलचित्रले निकै टिठलाग्दो व्यापार गरेको छ।
कमल एक्चै मगर निर्देशित यस चलचित्र २०८१ मा सबैभन्दा कम व्यापार गरेको हो।
बक्सअफिस रिपोर्टअनुसार यस चलचित्रका ८९ वटा मात्र टिकट बिक्री भएको छ। ती टिकटबाट १८ हजार ५ सय कमाइ गरेको छ।
यो रकम वितरक र हलहरुले बाँडफाँड गर्दा निर्माताको गोजीमा ३ हजार हाराहारी मात्रै पर्ने देखिन्छ।


