२०८३ कार्तिक ११ गते मङ्गलबार

एबीयू रोबोकोनमा सहभागी हुन एउटा रोबोट बन्यो, अर्को पनि बन्दै

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ ११
robot for abu robocon

काठमाडौँ- कम्बोडियामा तीन महिनापछि हुने एबीयू रोबोकोन प्रतियोगितामा सहभागी हुनको लागि नेपाली विद्यार्थीले रोबोट बनाउने काम गरिरहेका छन्। पुल्चोकस्थित पुल्चोक इन्जिनियरिङ कलेजका विद्यार्थीले रोबोटिक्स क्लबमा केही महिना अघिबाट रोबोट बनाउन थालेका हुन्। अहिलेसम्ममा एउटा रोबोट तयार भइसकेको र अर्को तयार भइरहेको सहभागी प्रजु पन्तले जानकारी दिए।

एसिया प्यासिफिक रोबोटिक्स कन्टेस्ट (एबीयू रोबोकोन) नाम दिइएको यो प्रतियोगिता हरेक वर्ष विभिन्न देशमा आयोजना हुँदै आइरहेको छ। यो प्रतियोगिता एसिया प्यासिफिक ब्रोडकास्टिङ युनियनले आयोजना गर्दै आइरहेको हो। पछिल्लो वर्ष भारतमा प्रतियोगिता हुँदा नेपालले दुई वटा रोबोट बनाएको थियो। सो रोबोटले फर्मका डिक्स लठाउने र उठाएर मिलाउने साथै टाढा, पोलमाथि राखिएको बललाई प्रोजेक्टाइलका माध्यमबाट लडाउने गरेको थियो।

नेपाल भारतमा प्रचलित लघोरी (ढुंगा लडाई) खेललाई गत वर्ष थिमको रुपमा राखिएको थियो। र, रोबोटलाई उक्त खेल खेलाइएको थियो। भारतमा आयोजना भएको यो प्रतियोगितामा नेपालले तेस्रो स्थान प्राप्त गरेको थियो। यसअघि उक्त प्रतियोगितामा उक्त स्थानसम्म नेपाल पुगेको थिएन।

यो वर्ष पनि उत्कृष्ट रोबोट तयार गर्ने लक्ष्य राखेको रोबोट बनाउने कार्यमा सहभागी रहेका प्रजु पन्तले नेपाल क्लिक्सलाई बताएका छन्। यो वर्ष गत वर्षको भन्दा रोबोटको थिम केही फरक छ।

‘यो वर्ष भने एलपी ग्यासको पाइप जस्तो वस्तुको रिङ बनाइएको छ र विभिन्न उचाइमा रहेका पोल (पाइप)मा त्यसलाई छिराउनु पर्ने हुन्छ। ‘पोल चाहिँ भर्‍याङजस्तो विभिन्न उचाइमा राखिएको हुन्छ। यस्ता पोल विपक्षीको साइटमा र आफ्नो साइटमा राखेको हुन्छ,’ रोबोट निर्माणमा सहभागी बनेका पन्तले भनेका छन्।

दिएइको वर्गाकार क्षेत्रफलको चार कुनामा चार पोल राखिएको हुन्छ। साथी बीचमा सबैभन्दा अग्लो पोल हुन्छ। त्यसमा पछिराउनु पर्ने हुन्छ। त्यो समयमा चाहिँ सबै रोबोटले एकैपटक प्रहार गर्ने हुँदा सबैभन्दा माथि रहने रिङले धेरै अंक पाउँछ।(डेमोन्स्ट्रेसन भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्)

गएको वर्ष भुर्चुअल रुपमा भए पनि यो वर्ष चाहिँ भौतिक रुपमा नै हुने पन्तले बताएका छन्। अब यो प्रतियोगिता आउँदो भदौको १० गते कम्बोडियामा हुँदैछ। त्यसको लागि एक महिना अघि नै रोबोटलाई त्यसतर्फ पठाउनु पर्नेछ।

‘हामीसँग सहकार्य गरेका संस्थाले आगामी साउन पहिलो हप्तामा रोबोटलाई कम्बोडिया पठाउने व्यवस्था मिलाएको छ,’ प्रजुले भने, ‘सहभागी हुने मानिस चाहिँ एक दुई दिन अघि जान्छौं होला।’

यो प्रतियोगितामा सहभागी हुने एउटा रोबोट तयार भइसकेको छ। अर्को रोबोट बनाउने काम पनि दुई हप्ता अघिबाट सुरु भइसकेको प्रजुले जानकारी दिए।

नेपालल यो प्रतियोगितामा सहभागीता जनाउने थालेको सन् २००३ देखि हो। तर बीचमा एक वर्ष कोभिडको कारणले प्रतियोगिता नभएको र पछिल्लो वर्ष भर्चुअल माध्यमबाट प्रतियोगिता आयोजना भएको थियो।

प्रकाशित: २०८० जेठ ११ गते बिहिबार ०२:०१
प्रतिक्रिया

थप समाचार

ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना