काठमाडौं। केही दिनयता पश्चिम एसिया (खाडी) पुनः अशान्त बनेको छ। साउदी अरबको दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थमा यमनका हुथी विद्रोहीले ड्रोन आक्रमण गरेपछि खाडी मुलुकहरु थप अशान्त बनेको हो।
खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।
यस्तै मुरबान क्रुडमा कच्चा तेल ब्यारेलको ११४.४ र वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्युटीआई) मा ब्यारेलको ९९.८७ डलरमा कारोबार भएको आयल प्राइसले जानकारी दिएको छ।
गत फेब्रुअरीमा अमेरिका, इजरायल र इरानबीच सुरु भएको युद्धका कारण विश्व बजारका कच्चा तेलको भाउ बढेर ब्यारेलको १२५ डलर माथि पुगेको थियो।
त्यसपछि कच्चा तेलको भाउमा उतारचढाव आइरहेको छ। युद्ध हुनुअघि कच्चा तेलको भाउ ब्यारेलको ६५ देखि ७० डलर आसपासमा थियो।
कच्चा तेलको भाउ पुनः उकालो लागेकाले यसको असर नेपालमा पर्ने भएको छ। नेपालमा पनि तेलको भाउ अझ बढ्ने देखिएको छ।
इरानले होर्मुज जलमार्ग बन्द हुन्दा पूर्वएसियामा तेल आपूर्ति अवरुद्ध हुँदै आएको थियो। उक्त जलमार्गबाट विश्वकको २० प्रतिशत तेल आपूर्ति हुने गरेको छ।
साउदी अरबमा नागरिक तथा ऊर्जा पूर्वाधारलाई लक्षित गरी भइरहेका निरन्तर आक्रमणको भारतलगायत अन्य मुलुकहरुले कडा निन्दा गरेको छन्।
पछिल्लो समय दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थल र साउदीको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा लक्षित आक्रमण भएका थिए।
अल जजिराका अनुसार यमनी सेनाका सैन्य प्रवक्ता कर्णेल माजिद अल नाजिलीले हुथी सेनाले एकै दिनमा चौथोपटक अल रय्यान विमानस्थललाई लक्षित गरी आक्रमण गरेको पुष्टि गरेका छन्।
नागरिक उड्डयन पूर्वाधारमाथि निरन्तर भइरहेको आक्रमणको निन्दा गर्दै कर्णेल अल नाजिलीले विमानस्थललाई निशाना बनाउनु यमनी जनताको अत्यावश्यक सम्पत्तिमाथिको आक्रमण भएको बताएका छज्।
क्षेत्रीय तनाव बढिरहेका बेला विमानस्थलका पूर्वाधारमाथि भएका पछिल्ला आक्रमणपछि यो घटना भएको हो।
यसैगरी, अक्टोबर ६ र ७ मा किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल र अभा अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी श्रृङखलाबद्ध आक्रमण भएका थिए। जीएसीएका अनुसार ती घटनामा तीन जनाको मृत्यु भएको थियो भने ३६ जना घाइते भएका थिए।
क्षतिको मूल्यांकन गर्न र सम्बन्धित निकायसँग समन्वय गरी सुरक्षा जाँच गर्न अधिकारीहरूले विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरेका थिए।
यसैबीच, भारतका विदेशमन्त्री डा. एस जयशंकरले मंगलबार पश्चिम एसियाको क्षेत्रीय अवस्था गम्भीर चिन्ताको विषय रहेको बताएका छन्।
संयुक्त अरब इमिरेट्स (यूएई)का विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाह्यानसँगको छलफलका क्रममा जयशंकरले भारतले संवाद र कूटनीतिमार्फत शान्ति प्रवद्र्धन गर्ने हरेक पहललाई समर्थन गर्ने बताएका छन्।


