२०८३ कार्तिक ८ गते शनिवार

चीनमा विवाह गर्न अलग्गै गन्तव्य, आकर्षित हुँदैछन् जोडीहरू

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक ४
bihe

एजेन्सी: चीनमा अक्टोबर महिनालाई विवाहको मौसम मानिन्छ। विशेषगरी दक्षिणपश्चिम चीनको युनान प्रान्तस्थित लिजियाङको युलोङ स्नो माउन्टेन (जेड ड्रागन स्नो माउन्टेन) क्षेत्रमा यस समयमा विवाह गर्ने जोडीहरूको आकर्षण बढ्ने गरेको छ।

किफायती खर्चका कारण चीनमा तीव्र रूपमा विस्तार भइरहेको गन्तव्य विवाह उद्योगका लागि यो स्थान उपयुक्त मानिदै गएको छ।

होटलमा भोज आयोजना गर्ने, सजावट गर्ने र व्यापक तयारी गर्नुपर्ने परम्परागत विवाहभन्दा फरक, सानो स्तरमा गरिने गन्तव्य विवाहमा आत्मीय समारोह, फोटो खिच्ने कार्यक्रम र छोटो हनिमुन समावेश हुन्छन्।

यस्तो विवाहको कुल खर्च परम्परागत विवाहको तुलनामा कम हुने गर्छ। ‘यहाँ विवाहसम्बन्धी सेवाहरूको सम्पूर्ण प्रणाली निकै व्यवस्थित र विकसित छ। हाम्रो समग्र अनुभव सहज र वास्तवमै उत्कृष्ट रह्यो,’ एक बेहुली याङले भनिन् ।

देशको जुनसुकै स्थानमा गएर विवाह दर्ता गर्न पाउने नयाँ नीति लागू भएपछि पनि गन्तव्य विवाहको लोकप्रियता बढेको छ।

लिजियाङ गान्जिगानबान वेडिङ फोटोग्राफी कम्पनी लिमिटेडका उपमहाप्रबन्धक याङ होङग्वाङ भन्छन्,‘औसतमा हरेक दिन करिब २०० जोडी विवाहको फोटो खिचाउन युलोङ स्नो माउन्टेनको पर्यटकीय क्षेत्रमा आउँछन्। तीमध्ये ९० प्रतिशत ग्राहक अन्य प्रान्तबाट आउने गरेका छन्। यस वर्षको सुरुदेखि नै हामीले दक्षिणपूर्वी एसियाबाट आउने ग्राहकको सङ्ख्यामा उल्लेखनीय वृद्धि देखेका छौँ। विशेषगरी सिङ्गापुर, इन्डोनेसिया र भियतनामबाट ग्राहकहरू आइरहेका छन्।’

तथ्याङ्कअनुसार, लिजियाङमा फोटोग्राफी तथा गन्तव्य विवाहसम्बन्धी सेवा प्रदान गर्ने कम्तीमा एक हजार व्यवसाय सञ्चालनमा छन्।

प्रकाशित: २०८३ कार्तिक ४ गते मङ्गलबार ०७:३६
प्रतिक्रिया

थप समाचार

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...

कच्चा तेलको भाउ निरन्तर उकालो यात्रामा, मूल्य बढाउने त्राश

अमेरिकी राष्ट्रपति डोनाल् ट्रम्पले इरानी पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्कीबाट पछि हट्नुभन्दा केही समय अघि शुक्रबार तेल व्यापारीहरूले केवल दुई मिनेटमा कम्तिमा ६० लाख ब्यारेल कच्चा तेल...

चीनमा भूकम्प : १६ जनाको मृत्यु, ३३९ वटा घर भत्किए, उद्धार टोली सक्रिय

एजेन्सी: चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रको भूकम्प प्रभावित गाउँमा शुक्रबार बिहानै अग्नि नियन्त्रण तथा उद्धार टोलीहरू पुगेका छन्। उक्त क्षेत्रमा बिहीबार राति ७.० म्याग्निच्युडको...

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

महँगीविरुद्ध फ्रान्समा प्रदर्शनी चर्कियो, १२ सय जना पक्राउ

देशभर लाखौँ मानिस सडकमा उत्रिएका छन्। प्रदर्शनका क्रममा सार्वजनिक भवनमा आगजनी, पसलमा लुटपाट र प्रहरीसँग झडपका घटना भएका छन्।
batu
विचार

निजी क्षेत्रलाई विद्युत व्यापारमा अवसरः ऊर्जा क्षेत्रमा ठूलो नीतिगत प्रस्थान

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश दिने व्यवस्थालाई ऊर्जा क्षेत्रमा नीतिगत प्रस्थान (पोलिसी डिपार्चर) को रुपमा हेरिएको छ। यसले गर्दा समग्र निजी क्षेत्र झनै उत्साहित बनाउनका साथै लगानीमैत्री...
roshan_rakhal
ब्लग

रेमिटेन्सले उज्यालिएको घर, उजाडिएको गाउँ

एउटा समय थियो सबै आधारहरू हामीसँग थिए, तर आर्थिक आधार हाम्रो कमजोर थियो। अहिले अवस्था उल्टिएको छ। आर्थिक आधार पहिलेभन्दा राम्रो छ, तर अरू सबै आधारहरू कमजोर र धराशयी बन्दै गएका छन्।
swarnim
समाज

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
lAXMIL
साहित्य

महाकवि देवकोटाको कथा: ‘उनको मने’

खुकुरीले रेट्न थालेको मात्र थियो जुनुले उसको पाखुरा अकस्मात् समातेर रुँदै भनिन्, 'नकाट नि ! नकाट ! ! मेरो मनेलाई ।'
ncell
सूचना प्रविधि

एनसेलमाथि राज्यको वक्रदृष्टि: लोकप्रियतावादको पासोमा विदेशी लगानी र बालेन सरकारको परीक्षा

स्मार्ट टेलिकमलाई सरकारीकरण गर्ने नाममा राज्यले एउटा कम्पनीको अस्तित्व नै नामेट पार्‍यो। २५ वर्षे लाइसेन्स सकिने बहानामा राज्यले अहिले एनसेलमाथि त्यस्तै जालो बुन्दैछ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना