२०८३ कार्तिक १३ गते बिहिबार

‘पेट मिचिमिची हाँस्ने के हो भनेर ‘हेल्लो काँशीराम’ हेरेपछि मात्र थाहा हुन्छ’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख ५
fulande

काठमाडौँ- पछिल्लो पुस्ताका लोकप्रिय हास्य कलाकार उमेश राई अर्थात् फुलन्देकी आमा अब ठूलो पर्दामा फड्को मार्दैछन्।

साना पर्दामा दर्शकको मन जितिसकेका उनी अब आफ्नो पहिलो चलचित्र ‘हेल्लो काँशीराम’मार्फत आगामी जेठ २ गते देशभरका हलहरूमा देखिँदैछन्।

चलचित्रको छायांकन अनुभव बाँड्दै उमेशले काम गर्दा रमाइलो अनुभव रहेको बताए। ‘सुटिङ कहिले सकियो पत्तो भएन। तर, डेब्यु चलचित्र भएकाले छायांकनका क्षण मेरा लागि सधैभर महत्त्वपूर्ण र यादगार हुनेछन्,’ उनी भन्छन्।

उनले यस चलचित्रमा आफूलाई दर्शकले भिन्न अवतारमा, भिन्न कथामा देख्न सक्ने बताए। उमेशले अभिनेता दिलीप रायमाझीसँगको सहकार्यलाई अविस्मरणीय अनुभवको रुपमा सधै सम्झिने प्रतिक्रिया दिए।

‘दिलिप दाइ सोचेभन्दा रमाइलो हुनुहुँदो रहेछ। सफल कलाकार हुन सजिलो रहेनछ भन्ने कुरा उहाँलाई नियाल्दा महसुस भयो,’ उनले भने, ‘ठूलो पर्दामा पहिलो पाइला चाल्दा लागेको रोमाञ्च अनुभव, आफ्नो जिम्मेवारी, डर सानो पर्दाको भन्दा निकै माथिको हुनेरहेछ। नाम नै ठूलो पर्दाको भनेपछि अलिकति डर पनि लाग्दोरहेछ, तर म एक्साइटेड छु,’ उनले थपे।

साना पर्दाको तुलनामा धेरै मिहिनेत, गहिरो अभिनय र ठूलो जिम्मेवारीका साथ काम गर्नुपर्ने कुरा यस फिल्मबाट सिकेको उनको अनुभव छ। राईले छिट्टै अर्को चलचित्रमा काम गर्न लागेको बताएका छन्। तर, कुन फिल्म भन्ने कुरा खुलाएनन्। यद्यपि उक्त चलचित्रमा विशेष रोलका लागि साइन गरिसकेको उनले बताए।

प्रदर्शन हुन लागेको चलचित्र ‘हेल्लो काँशीराम’का निर्देशक रिम विश्वकर्माबारे उमेशले भने, ‘देख्दा सामान्य लाग्ने। तर क्षमतावान् निर्देशक।’

चलचित्रको सेटमा बिताएको समय र सिकाइले आफूलाई अझ बलियो बनाएको बताउने उमेशले दर्शकलाई आश्वस्त पार्दै भने, ‘पेट मिचेर हाँस्ने के हो भन्ने कुरा हेल्लो काँशीराम हेरेपछि थाहा हुन्छ। म यो चलचित्रमा पूर्ण कमेडी भूमिकामा छु, व्यंग्यात्मक शैलीमा प्रस्तुत हुँदैछु।’

केही हप्ताअघि केन्द्रीय जाँच पास समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरी रिलिजका लागि तयारी अवस्थामा छ ‘हेल्लो काँशीराम’। चलचित्रको फस्टलुक पोस्टर सार्वजनिक भएसँगै दर्शकको उत्साह बढेको प्रतिक्रिया राईले दिए।

रेडलाइन फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्रमा हास्यव्यंग्यको मिश्रण प्रस्तुत गरिएको निर्माण टिमले जनाएको छ।

रेडलाइन फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रको लेखन तथा निर्देशन रिम विश्वकर्माले गरेका हुन् भने पीबी थापाले लगानी गरेका हुन्। यम आलेले खिचेको चलचित्रको लगानी डेढ करोड हाराहारी पुगेको निर्माण टिमले जनाएको छ। चलचत्रिलाई मित्र डी गुरुङले सम्पादन तथा रंग संयोजन गरेका हुन्।

यस चलचित्रमा दिलीप रायमाझीसँगै वरिष्ठ कलाकारहरू सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल देखिने छन्। त्यस्तै, हालका चर्चित हास्य कलाकार उमेर राई (फुलन्देको आमा), भगेरी डन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु, विवेश पुरीलगायतका कलाकारहरू पनि फिल्ममा देख्न पाइनेछ। प्रियंका कार्कीको समेत विशेष भूमिका रहेको निर्माण टिमले जनाएको छ।

चलचित्रको नृत्य निर्देशन कविराज गहतराजले गरेका हुन्। द्वन्द्व निर्देशन शंकर महर्जनले गरेका छन् भने संगीत संयोजन नरेन्द्र वियोगी र विपीन आचार्यले गरेका छन्।

चलचित्रका गीतहरूमा प्रताप दास, मेलिना राई, राजु परियार, किरण सुनार र अनिक गिरीको आवाज रहेको जनाइएको छ।

प्रकाशित: २०८२ बैशाख ५ गते शुक्रबार १२:०५
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना