काठमाडौं– युक्रेनसँग जारी युद्धकै बीच रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले ईस्टरमा युद्धविरामको घोषणा गरेका छन्
उनले युद्धविरामको अवधिमा युक्रेनमा सबै सैन्य कारबाही रोक्ने आदेश दिएका छन् । साथै युक्रेनले पनि सोही अनुसार कदम चाल्ने अपेक्षासमेत व्यक्त गरेका छन्
अनलाइनमा शेयर गरिएको भिडियोमा पुटिनले भनेका छन्, ‘उक्साउने स्थिति या युद्धविरामको उल्लंघन हुन्छ भने रुसी सैनिक जवाफी कारबाहीका लागि तयार छ।’
मन्त्रालयले सबै सैन्य कारबाही रोक्ने आदेश दिएको बताएको छ।
तर युक्रेनले भने युद्धविराम लागु हुनेमा भने शंका व्यक्त गरेको छ।


