२०८३ कार्तिक १३ गते बिहिबार

स्पेनमा रेल दुर्घटनाः ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १३
spain_train

काठमाडौं। स्पेनमा दुई तीव्र गतिमा कुदिरहेका रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ। यसअघि दुर्घटनामा ५० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो।

स्थानीय समयअनुसार बिहान ८ः५४ बजे म्याड्रिडबाट करिब १२० किलोमिटर दक्षिणमा पर्ने टोलेडो प्रान्तको उर्दा स्टेसननजिक दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएकाहरूको उद्धार तथा राहत कार्य जारी रहेको जनाइएको छ।

दुर्घटनास्थलको भ्रमणपछि स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले घटनाबारे विस्तृत अनुसन्धान गर्ने घोषणा गरेका छन्। उनले सुरक्षा प्रणालीमा लापरबाही वा कमजोरी भएको पाइए जिम्मेवार पक्षमाथि कारबाही गरिने बताएका छन्।

‘हामी घटनाको वास्तविक कारण पत्ता लगाउनेछौं। लापरबाही भएको वा सुरक्षा प्रणालीमा कमजोरी देखिए त्यसको गम्भीर रूपमा सम्बोधन गरिनेछ,’ सान्चेजले उद्धार तथा समन्वयका लागि स्थापना गरिएको नियन्त्रण केन्द्रबाट भने।

प्रधानमन्त्री सान्चेजले अक्टोबर २९ देखि ३१ सम्म तीन दिन राष्ट्रिय शोक घोषणा गरेका छन्। उनले दुर्घटनामा ज्यान गुमाउनेका परिवारप्रति समवेदना व्यक्त गर्दै उद्धारमा खटिएका सुरक्षाकर्मी तथा आपत्कालीन सेवाका कर्मचारीको प्रशंसा गरेका छन्।

दुर्घटनामा स्पेनको सरकारी रेल सेवा रेन्फेको एभीई र इर्यो कम्पनीको तीव्र गतिको रेल संलग्न थिए। म्याड्रिडबाट सेभिलतर्फ गइरहेका रेलमध्ये इर्योको रेलका पछिल्ला डिब्बा लिकबाट खसेर सडक किनारको भिरालो भागमा पुगेका थिए।

स्पेनका यातायातमन्त्री ओस्कार पुएन्तेका अनुसार प्रारम्भिक आकलनमा आटोचा नियन्त्रण केन्द्रमा रहेको एलजेडबी सुरक्षा प्रणालीसँग सम्बन्धित प्राविधिक समस्या हुन सक्ने देखिएको छ। यद्यपि दुर्घटनाको कारणबारे अन्तिम निष्कर्ष निकाल्न विस्तृत अनुसन्धान आवश्यक रहेको अधिकारीहरूले बताएका छन्।

यस वर्ष स्पेनमा भएको यो दोस्रो ठूलो रेल दुर्घटना भएको जनाइएको छ। यसअघि जनवरीमा कोर्डोबामा रेल लिकबाट खसेको घटना भएको थियो। पछिल्लो दुर्घटनापछि तीव्र गतिको रेल सेवाको सुरक्षा व्यवस्थामाथि पुनः प्रश्न उठेको छ।

प्रधानमन्त्री सान्चेजले रेल सेवाप्रति नागरिकको विश्वास पुनःस्थापित गर्न र यात्रुको सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

दुर्घटनाप्रति अन्तर्राष्ट्रिय समुदायले पनि दुःख व्यक्त गरेको छ। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेनले मृतकका परिवार र आफन्तप्रति समवेदना व्यक्त गर्दै युरोप स्पेनको दुःखमा साथमा रहेको बताएकी छन्। युरोपेली संघकी विदेश नीतिप्रमुख काजा कलासले पनि स्पेनका विदेशमन्त्री जोसे म्यानुएल अल्बारेसलाई समवेदना सन्देश पठाउँदै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्।

स्पेनको राजपरिवारले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। राजा फेलिपे छैटौंले भ्यालेन्सियास्थित जैमे सैन्य आधार शिविरमा आफ्नो सैन्य तालिमसम्बन्धी कार्यक्रम छोट्याएर तत्काल म्याड्रिड फर्कने घोषणा गरेका छन्।

उनले उद्धार कार्यको अवस्था बुझ्न र प्रभावित परिवारलाई आवश्यक संस्थागत सहयोगको समन्वय गर्न आफू फर्कन लागेको बताएका छन्। दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान अघि बढाइँदै गर्दा स्पेन सरकारले रेल सुरक्षासम्बन्धी व्यवस्थाको समीक्षा गर्ने जनाएको छ। एएनआई

प्रकाशित: २०८३ कार्तिक १३ गते बिहिबार ०९:१९
प्रतिक्रिया

थप समाचार

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...

कच्चा तेलको भाउ निरन्तर उकालो यात्रामा, मूल्य बढाउने त्राश

अमेरिकी राष्ट्रपति डोनाल् ट्रम्पले इरानी पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्कीबाट पछि हट्नुभन्दा केही समय अघि शुक्रबार तेल व्यापारीहरूले केवल दुई मिनेटमा कम्तिमा ६० लाख ब्यारेल कच्चा तेल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना