मुम्बईः आफ्ना हरेक अन्तर्वार्तामा ड्रिम प्रोजेक्ट महाभारत बताउने बलिउड सुपरस्टार आमिर खानले अन्ततः पौराणिक फिल्म महाभारत बनाउन लागेको जनाएका छन्। लामो समयदेखि महाकाव्य ऐतिहासिक कथा महाभारतलाई ठूलो पर्दामा ल्याउने प्रयासमा रहेका थिए।
हलिउड रिपोर्टर इन्डियासँगको पछिल्लो अन्तर्वार्तामा दंगल स्टारले आफ्नो ड्रीम प्रोजेक्टको बारेमा केही अपडेटहरू सार्बजनिक गरेका हुन्। जस अनुसार उनी महाभारतको निर्माताको रूपमा मात्र होइन उनले यो प्रोजेक्टमा अभिनय पनि गर्नेछन्। आफ्नो ठुलो महत्वाकांक्षा मध्येको एउटा चलचित्र महाभारतलाई यसै बर्षवाट सुटिङमा लैजाने पनि घोषणा गरेका छन्। उनका अनुसार यो चलचित्र धेरै भागमा बनाइनेछ। तर, निर्देशकको बारेमा सोध्दा उनले नाम भने तत्काल बताउन अस्वीकार गरेका छन्। तर, सबै पार्ट एकै पटक फिल्म गर्ने योजना भएकाले धेरै निर्देशकले निर्देशन गर्न सक्ने उनको भनाई रहेको छ।
तर, यसै बर्ष सुटिङ सुरू गरे पनि फिल्मलाई फ्लोरमा लैजान भने केही वर्ष लाग्ने आमिरले बताएका छन्। अमिरका अनुसार महाभारत परियोजना १ हजार करोडभन्दा बढीको ठूलो बजेटमा बनाइनेछ। अन्य कुनै पनि भारतीय फिल्ममा यति लगानी कहिल्यै नभएको दावी पनि उनले गरेका छन्। यसैबीच, आमिर आफ्नो बहुप्रतिक्षित फिल्म ‘सितारे जमीं पर’ को रिलिजको लागि तयारी गरिरहेका छन्, जुन स्पेनिश फिल्म च्याम्पियन्स ९२०१८० को हिन्दी रूपान्तरण हो। आर एस प्रसन्नाले निर्देशन गरेको यो चलचित्र यही वर्षको जुन २० मा रिलिज हुनेछ।


