काठमाडौँ- सत्तारूढ नेकपा एमालेले पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसको अवसरमा आयोजना गरिरहेको ‘युथ सेलिब्रेसन’ विशेष कार्यक्रममा युवाहरू आउने क्रम सुरू भएको छ।
लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको अवसरमा एमालेले विशेष कार्यक्रम गर्न लागेको जनाएको छ।
भृकुटीमण्डपमा आयोजना भइरहेको एक दिने कार्यक्रममा एमालेले ४० वर्षमुनिका युवाहरु सहभागी हुन अपिल गरेको छ।
कार्यक्रममा करिब एक लाख युवा उतार्ने योजनामा एमाले छ।
कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष र युवा नेताहरुले सम्बोधन गर्नेछन्।
तस्बिर : नेपाल फोटो लाइब्रेरी


