काठमाडौँ- भुक्तानी सेवा प्रदायक डिजिटल वालेट खल्तीमा नबिल बैंकको खाता लिङ्क गर्दा १०० रुपैयाँ बोनस दिइने भएको छ। यसका साथै उपहारमा ३२ इन्चको स्मार्ट टि.भी जित्ने मौकासमेत पाउने खल्तीले जानकारी दिएको छ।
बम्पर उपहारको रुपमा ४३ इन्चको स्मार्ट टिभी पनि जित्न सकिनेछ भने ‘खल्ती प्रो’ को सब्स्क्रिप्शन जित्न सक्नेछन्। प्रयोगकर्ताले खल्तीमा आफ्नो पहिलो बैंक लिङ्क गरेर पहिलो भुक्तानी गर्दा १०० रुपैयाँ बोनस प्राप्त गर्न सक्नेछन्।
यसरी बैंक खाता लिङ्क गर्ने प्रयोगकर्तामध्ये एक बिजेताले बम्पर पुरस्कारको रूपमा ४३ इन्चको स्मार्ट टिभी र हरेक हप्ता एक जनाले ३२ इन्चको स्मार्ट टिभी र ‘खल्ती प्रो’ को सब्स्क्रिप्शन प्राप्त गर्न सक्ने खल्तीले जानकारी दिएको छ।
यसका साथै , खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अन्तर्गत १०० रुपैयाँभन्दा बढीको भुक्तानीमा प्रयोगकर्ताले डिजिटल स्क्र्याच कार्डमा थुप्रै पुरस्कार र कुपन प्राप्त गर्न सक्नेछन् भने कुनै पनि दुई भुक्तानी पूरा गर्दा पल्सर एन १६० जित्न सक्नेछन्।


