२०८३ कार्तिक १३ गते बिहिबार

अमेरिकाका लिओ चौधौँ बने २६७औँ पोप, ट्रम्पले यसरी दिए बधाई

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख २६
pope_usa

भ्याटिकन सिटी- रोबर्ट प्रेभोस्ट सेन्ट पिटरस्थित गद्दीमा बस्ने २६७औँ सर्वोच्च पादरी बनेका छन्। उनलाई अब ‘लिओ चौधौँ’ भनेर चिनिने छ। उनी पोपको भूमिका निर्वाह गर्ने प्रथम अमेरिकी बनेका छन्। यद्यपि, उनलाई ल्याटिन अमेरिकी कार्डिनलका रूपमा बढी चिनिन्छ। बिशप बन्नुअघि उनले इसाई धर्मप्रचारका क्रममा धेरै वर्ष पेरूमा रहेर सेवा गरेका थिए।

स्वर्गीय पोप फ्रान्सिसका उत्तराधिकारीका रूपमा चुनिएपछि लियो सेन्ट पिटर्स बेसिलिकाको बाल्कोनीमा आफ्नो पहिलो सम्बोधनका लागि उपस्थित हुँदा उनलाई दशौं हजार शुभेच्छुकहरूले स्वागत गरेका छन्।

पोप चुनिएपछि दिएको पहिलो सार्वजनिक सम्बोधनमा उनले भने, ‘समग्र पृथ्वीमा जहाँ सुकै भए पनि सबै मानिसहरूमा शान्ति कायम रहोस्।’

उनले भने, ‘हामीलाई र एक अर्कालाई, आपसमा वार्ता र छलफलको माध्यमबाट पुलहरू निर्माण गर्न सधैँ शान्ति र एकता कायम गर्न मद्दत मिलोस्।’

लियोको सम्बोधनमा दर्शकदिर्घाबाट तालीको गडगडाहतसहितको न्यानो स्वागत पाएको थियो। विशेष गरी पेरुमा दुई दशकभन्दा बढी समय बिताएका पोपले स्पेनी भाषामा बोल्दै आफ्ना पूर्ववर्ती फ्रान्सिसलाई नयाँ पोपका हैसियतमा औपचारिकरूपमा श्रद्धाञ्जली अर्पण गरेका थिए।

‘उमेरका कारण कमजोर बनेका पोप फ्रान्सिसले रोमलाई आशीर्वाद दिएको आवाज हामीलाई अझै पनि हाम्रो कानमा गुञ्जिरहेको जस्तो लागिरहेको छ’ लियोले अर्जेन्टिनी फ्रान्सिसको मृत्युको एक दिन अघि इस्टर सन्डेको सम्बोधन (प्रार्थना)लाई सङ्केत गर्दै भने।

उनले भने, ‘हामीले कसरी एक आत्मदेखि अर्को आत्मसम्म पुग्ने पुल निर्माण गर्ने चर्च वा मिसनरी चर्च बन्ने र समग्र विश्वको शान्तिका लागि संवाद गर्ने निर्ववादित र स्वतन्त्र बाटोको खोजी गर्नुपर्छ।’

प्रिभोस्टको निर्वाचनलाई पेरूमा हर्षोल्लासका साथ स्वागत गरिएको छ।।संयुक्त राज्य अमेरिकाको शिकागोमा सन् १९५५ मा जन्मिएका उनले पेरूको उत्तरी शहर शिक्लायोमा बिशपका रूपमा सेवा गरेका थिए जहाँ उनलाई पेरूको नागरिकका रूपमा पनि सम्मान प्राप्त गरेका छन्।

न्युयोर्कको सेन्ट प्याट्रिक्स क्याथेड्रलबाहिर ६६ वर्षीया रोजारिया भिगोरिटोले भने, ‘म हिँडिरहेको केही मिनेटमै आफूले उत्साह महसुस गर्न सकेकी छु। उहाँले लियो चौधौँलाई विश्वले एक सुधारकका रूपमा पाउनेछ।’

विश्वका नेताहरूले २६७ औं पोपलाई स्वागत गर्दै भूराजनीतिक अनिश्चितताको समयमा विश्वव्यापी मुद्दाहरूमा चर्चसँग मिलेर काम गर्ने वाचा गरेका छन्।

नयाँ पोपलाई द्वन्द्वग्रस्त विश्व मञ्चमा आफ्नो नैतिक आवाजलाई सशक्त पार्ने जिम्मेवारी रहेको छ साथै उनले विभाजित चर्चलाई एकताबद्ध गर्ने र यौन दुव्र्यवहार काण्डबाट निरन्तर पतनजस्ता ज्वलन्त मुद्दाहरूको सामना गर्ने प्रयास गर्नुपर्नेछ।

कार्डिनल प्रिभोस्टको रूपमा नयाँ पोपले गरिब र विपन्नहरूको बचाउ गरेका छन्। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी विरोधी नीतिहरूको आलोचना गर्ने लेखहरू अनलाइनमा पुनः पोस्ट गरेका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले प्रिभोस्ट पोपको निर्वाचनबाट चुनिएकोमा स्वागत गर्दै सामाजिक सञ्जालमार्फत् एक सन्देश जारी गरेका छन्। ‘हालै पोप नियुक्त हुनुभएका कार्डिनल रोबर्ट फ्रान्सिस प्रिभोस्टलाई बधाई,’ ट्रम्पले सामाजिक सञ्जालमा जारी सन्देशमा लेखेका छन्।

प्रकाशित: २०८२ बैशाख २६ गते शुक्रबार ०२:२२
प्रतिक्रिया

थप समाचार

स्पेनमा रेल दुर्घटनाः ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौं। स्पेनमा दुई तीव्र गतिमा कुदिरहेका रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ। यसअघि दुर्घटनामा ५० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो। स्थानीय समयअनुसार बिहान...

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना