२०८३ कार्तिक १२ गते बुधबार

काश्मिर मुद्दामा ट्रम्पको चासो, किन बेखुस छ भारत?

 |  दिलनवाज पाशा
Sanket

दिलनवाज पाशा

काठमाडौँ, बैशाख २९
trump_modi

भारत र पाकिस्तानबीच तनाव उत्कर्षमा पुगेको र एक-अर्काको देशमा हवाई आक्रमण भइरहेका बेला शनिबार एकाएक चर्चामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प। भारत र पाकिस्तान दुवै देशले युद्धविराम गर्ने घोषणा ट्रम्पले गरेपछि उनको दुई देशबीच मध्यस्थकर्ताका रूपमा उनको चर्चा भयो। ट्रम्पले भारत-पाकिस्तान युद्धको श्रेय लिन खोजिरहेका पनि छन्।

दुवै देशले एकअर्काका सैन्य विमानस्थलमा हमला र क्षति पुर्‍याएको दाबी गरिरहेका बेला ट्रम्पको घोषणाले सीमा क्षेत्रमा खुसीयाली भएको भनिएपनि तत्काल युद्ध रोकिएन। तर सोमवार बिहान भारतीय सेनाले आइतवारको रातको समय शान्त बनेको स्पष्टीकरण दिएपछि युद्धविराम कार्यान्वयन भएको मानिएको छ।

भारत पाकिस्तान तनाव कम गर्नका लागि अमेरिकी विदेशमन्त्री मार्को रुबियो र उपराष्ट्रपति जेडी भेन्स सक्रिय भएका थिए। उनीहरूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ, भारतका विदेशमन्त्री एस जयशंकर र पाकिस्तानका सेना प्रमुख आसिम मुनिरसँग कुराकानी गरेका थिए। भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले तीनै सेना प्रमुखसँग बैठक गरेका थिए।

शनिबार दिउँसो पाकिस्तानका डीजीएमओ (डाइरेक्टर जनरल अफ मिलिट्री अपरेसन) ले भारतका डीजीएमओलाई फोन गरी दुई देशबीच जमिन, हावा र पानीमा हुने सैन्य कारबाही रोक्न सहमति जनाए।

यद्यपि, भारत र पाकिस्तानबीच ‘संघर्ष विराम’ (सीजफायर) को पहिलो जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका थिए। ट्रम्पले शनिबार साँझ ५:३० बजे आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा एक पोस्ट गर्दै ‘रातभर चलेको कुराकानी’ मा अमेरिकाले मध्यस्थता गरेको दाबीसहित ‘युद्धविराम’को घोषणा उनले गरेका थिए। ट्रम्पले दुवै देशलाई बधाई दिँदै युद्धविरामको श्रेय आफूले राख्न खोजे। भारत र पाकिस्तानभन्दा पहिले ट्रम्पले युद्धविराम भएको सार्वजनिक घोषणा गरेका थिए।

यसपछि पाकिस्तानका विदेशमन्त्री इसहाक डारले सामाजिक सञ्जाल एक्समा ‘संघर्ष विराम’ को पुष्टि गर्दै कूटनीतिक प्रयासमा अमेरिका, साउदी अरब र बेलायतसहित तीसभन्दा बढी देश सामेल रहेको बताए।

तर, भारतले अमेरिकी मध्यस्थताको कुनै उल्लेख गरेन। भारतका विदेश सचिव विक्रम मिसरीले शनिबार साँझ ५:४५ बजे मिडिया ब्रिफिङ गर्दै दुवै देशबीच लडाई रोक्न सहमति बनेको जानकारी दिएका थिए। मिसरीले पाकिस्तानका डीजीएमओले भारतीय डीजीएमओलाई फोन गरेपछि दुई देशबीच द्विपक्षीय सहमति बनेको दाबी गरेका थिए। उनले अमेरिका वा कुनै अन्य देशको नाम लिएनन्। भारतका विदेशमन्त्री एस जयशंकरले पनि ‘युद्धविराम’ को पुष्टि गर्दै आतंकवादमा भारतको कडा अडान दोहोर्‍याएका थिए। भारत र पाकिस्तानबीच द्विपक्षीय सहमति बनेको उनको जिकिर थियो।

भारत-पाक संघर्ष लम्बियो भने स्थिति संकटोन्मुक हुन सक्छ भन्ने चिन्ता अमेरिकालाई भएको विश्लेषकहरूले दाबी गर्दै आएका छन्। जवाहरलाल नेहरू युनिभर्सिटीका पूर्वप्राध्यापक चिन्तामणि महापात्रा भन्छन्- संघर्ष बढ्यो र पाकिस्तान सेनाले संकट भएको महसुस गर्‍यो भने पाकिस्तानले कुनै पनि (आणविक?) कदम उठाउन सक्छ भन्ने चिन्ता अमेरिकालाई थियो। अमेरिकाले पाकिस्तानलाई दबाब दिएर डीजीएमओमार्फत भारतीय समकक्षीसँग कुरा गर्न दबाब दिएको हुन सक्ने महापात्राको अनुमान छ।

राजनीतिज्ञ राजीव भाटिया पनि भारत र पाकिस्तानबीच संघर्ष बढ्नेमा अमेरिका चिन्तित भएको कुरा उल्लेख गर्छन्। स्थिति गम्भीर भएपछि अमेरिकाले कूटनीतिक प्रयास गरेको उनको भनाइ छ।

राजीव भाटियाका अनुसार पाकिस्तानले आक्रमण नगरे आफूहरूले पनि रोक्ने भारतले बताइरहेको थियो। जब स्थिति सम्हालिन सकेन, तब यो स्पष्ट भयो कि अब स्थिति धेरै गम्भीर भइसकेको थियो। सार्वजनिक रूपमा अमेरिकाले यसलाई भारत-पाकिस्तानबीचको लडाई भनिरहेको थियो पनि। र दुवै देशले आफैं समाधान निकाल्नुपर्छ भनिरहेको भए पनि पर्दा पछाडिबाट उसले यसलाई रोक्ने प्रयास गरिरहेको थियो। अमेरिकाको त्यही प्रयासले युद्धविराम भएको भाटिया स्वीकार गर्छन्।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले खुलेर अमेरिकालाई धन्यवाद दिएका छन्। महापात्रा भन्छन्- पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ पनि कसैले हस्तक्षेप गरोस् र युद्धविराम होस् भन्ने चाहन्थे। त्यो कुरा पाकिस्तानले अमेरिकालाई धन्यवाद दिएबाट पनि स्पष्ट हुन्छ। तर भारतले कसैसँग संघर्ष विरामको माग गरेको थिएन। भारत पाकिस्तान आफैँले तनाव कम गरोस् भन्ने चाहन्थ्यो।’

उनका अनुसार भारतले पाकिस्तानको सेना वा आम मानिसको विरुद्धमा नभई आतंकवादको विरुद्धमा अभियान चलाइरहेको दाबी गर्दै आएको थियो। त्यसैले पनि भारतले अमेरिकालाई धन्यवाद दिन अल्छी गर्‍यो। किनकि यस स्थितिमा अमेरिकाले भारतका लागि केही नगरेको महापात्रा विश्वास गर्छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे ११ मा अर्को बयान जारी गर्दै भारत र पाकिस्तानलाई संयमित बनेको बधाई दिए। ट्रम्पले भनेका थिए, ‘म यी दुई महान राष्ट्रहरूसँग मिलेर कश्मीर मुद्दा, जुन एक हजार वर्षदेखि विवादमा छ, त्यसको समाधान निकाल्ने आशा गर्दछु। यो क्षेत्रमा शान्ति र समृद्धि कायम होस्, र अमेरिका तथा विश्वका अन्य देशहरूसँग व्यापार बढ्न सकोस्!’

ट्रम्पले दोस्रो अभिव्यक्तिमा काश्मीर मुद्दा समाधानको कुरा उठान गरेका छन्। कश्मीर यस्तो मुद्दा हो जसलाई लिएर भारत कुनै तेस्रो देशको मध्यस्थता स्वीकार गर्दैन। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खुलेर धन्यवाद दिएका छन्। तर, भारतले आफ्नो कुनै पनि सार्वजनिक बयानमा अमेरिका वा राष्ट्रपति ट्रम्पको मध्यस्थताको उल्लेख गरेको छैन। भारत ट्रम्पलाई श्रेय दिनबाट भागिरहेको छ।

ट्रम्पले सार्वजनिक रूपमा भारत र पाकिस्तानबीच संघर्ष रोक्ने श्रेय लिएकोमा भारतले कुनै समस्या मान्न नहुने विश्लेषक बताउँछन्। भारतका पूर्वराजदूत राजीव भाटिया भन्छन्- महत्त्वपूर्ण कुरा के हो भने अमेरिकाले भारत र पाकिस्तानबीच मध्यस्थता गरेको छैन, बरु सहजीकरण गरेको छ।’

ट्रम्पको कश्मीरमा टिप्पणीलाई धेरैले भारतको मामिलामा हस्तक्षेप मानिरहेका छन्। ट्रम्पले आफैं अगाडि आएर ‘युद्धविराम’ को घोषणा गर्नु एक प्रकारको ‘एटेन्सन सिक’ हो। ट्रम्पले पहिले जानकारी साझा गरेर श्रेय लिने प्रयास गरेको हुन सक्छ। उनी भन्छन्, ‘ट्रम्पले भनेका छन् कि अगाडि सबै मुद्दाहरूमा कुरा हुनेछ। काश्मीरमा पनि कुरा हुनेछ। भारत र पाकिस्तानबीच कुनै सहमति यसअघि नै बनेको होला भन्ने मलाई लाग्दैन। ट्रम्प एक ठूलो र महत्त्वपूर्ण राष्ट्रको नेतृत्व गर्छन्, उनी आफ्नो तर्फबाट भन्न सक्छन्। तर भारतले जे गर्नुपर्नेछ, त्यही मात्र भन्नेछ।’

प्रो. महापात्राका अनुसार काश्मीर मुद्दामा कुनै तेस्रो देशले हस्तक्षेप गर्न चाहन्छ भने भारतले त्यसलाई मनाही गर्नेछ। तर यो संघर्ष काश्मीरलाई लिएर नभई आतंकवादलाई लिएर उनको दाबी छ। ‘डोनाल्ड ट्रम्पले पहिले जानकारी दिए पनि यसबाट भारतको कुनै अहित भएको छैन। ट्रम्पको हस्तक्षेप वा उनीहरूको एटेन्सन सिकिङलाई लिएर सामाजिक सञ्जालमा गरिएका टिप्पणीहरू राजनीतिक हुन्। यस स्थितिमा ट्रम्पको प्रतिक्रियालाई लिएर भारत र पाकिस्तानबीच तुलना गर्न सकिँदैन।’

विश्लेषक स्तुति बेनर्जीका अनुसार भारतले अमेरिकाको प्रयासलाई नजरअन्दाज गरिरहेको छैन। हामी कुराकानीका लागि तयार छौँ, मद्दत पनि स्वीकार गर्न सक्छौं, तर कुराकानी केवल भारत र पाकिस्तानबीच मात्र हुनेछ भन्ने कुरा भारतले दाबी गरिरहेको उनको भनाइ छ। ‘त्यसैले भारतले ट्रम्पका भनाइमा कुनै सार्वजनिक टिप्पणी गरेको छैन,’ उनी भन्छिन्।

त्यसो त भारत र पाकिस्तानबीचको तनाव कम गर्ने मामिलामा अमेरिकी राष्ट्रपतिले हस्तक्षेप गरेको यो नै पहिलो पटक होइन। कारगिल युद्धको समयमा पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफ आफैँ बिल क्लिन्टनसँग भेट्नका लागि अमेरिका पुगेका थिए। उनले क्लिन्टनलाई भेटेर भारतसँग युद्धविराम गराउने माग गरेका थिए। तब बिल क्लिन्टनले हस्तक्षेप गरेका थिए र भारतीय प्रधानमन्त्री अटल बिहारी वाजपेयीसँग युद्ध रोक्न अनुरोध गरेका थिए। यसपछि भारत र पाकिस्तानले कारगिल युद्धमा युद्धविराम गरेका थिए।

डोनाल्ड ट्रम्पभन्दा पहिले पनि धेरै अमेरिकी राष्ट्रपतिहरूले काश्मीर मुद्दामा हस्तक्षेप गर्ने प्रयास गरिसकेका छन्। तर भारतले यस्ता प्रयासहरूलाई धेरै महत्त्व दिएको छैन। प्रो. महापात्रा भन्छन्- ‘पाकिस्तान सधैं अमेरिकाले काश्मीर मुद्दामा हस्तक्षेप गरिदि‌ओस् भन्ने चाहन्छ। तर भारतले यसलाई स्वीकार गरेको छैन। अहिले पनि काश्मीरको मामिलामा कुनै बाह्य हस्तक्षेप स्वीकार गर्ने मुडमा भारत छैन।’

अमेरिकी राष्ट्रपतिको कुरालाई पाकिस्तानले कश्मीर मुद्दाको अन्तर्राष्ट्रियकरण गर्ने प्रयास गरिरहेको संकेतको रूपमा हेर्न सकिने बताउने विश्लेषकहरू पनि छन्। पाकिस्तान सधैं काश्मीर मुद्दाको अन्तर्राष्ट्रियकरण गर्न चाहन्छ। ट्रम्पको बयान यस कुराको संकेत पनि हो। पाकिस्तान यस मुद्दाको अन्तर्राष्ट्रियकरण गर्न सफल भइरहेको पनि छ। पाकिस्तानलाई थाहा छ कि भारत यस मामलामा तेस्रो देशको हस्तक्षेप कहिल्यै स्वीकार गर्दैन। पाकिस्तान विश्वसामु काश्मीरको मामिलामा पुर्‍याउन चाहन्छ, तर भारत यसमा कुरा गर्न चाहँदैन।

तर के ट्रम्प कश्मीरमा मध्यस्थतालाई लिएर गम्भीर छन्? प्रो. महापात्रा भन्छन्, ‘काश्मीरका विषयमा आएको ट्रम्पको बयान धेरै गम्भीर छैन। ट्रम्पको नियत गलत छैन। उनी भारत र पाकिस्तानबीच सम्झौता गराउने कुरा गरिरहेका छन्। यो ईच्छा सही छ तर यसमा धेरै गम्भीरता छैन।’

अमेरिकाको पाकिस्तानसँग सम्बन्ध अलग छ र भारतसँग अलग छ। यस्तो अवस्थामा अमेरिकासामु दुवै देशसँग आफ्नो सम्बन्ध सन्तुलित राख्ने चुनौती पनि उसलाई छ। स्तुति भन्छिन्, ‘ पाकिस्तान-अमेरिका सम्बन्धबारे भारतलाई कुनै समस्या छैन। भारतका पाकिस्तानसँग केही मुद्दाहरू छन् र भारत चाहन्छ कि पाकिस्तानतर्फबाट आतंकवाद समाप्त होस्। अमेरिका यसमा कसरी मद्दत गर्न सक्छ यो अमेरिकाले हेर्नुपर्नेछ।’

–बीबीसी हिन्दीबाट

प्रकाशित: २०८२ बैशाख २९ गते सोमबार ०४:५१
प्रतिक्रिया

थप समाचार

गहिरिँदो ऊर्जा संकट टार्न एसियामा वार्षिक १० खर्ब डलर लगानी चाहिने

एसियाका लागि भविष्यमा आउन सक्ने संकटलाई टार्न बजारलाई व्यवस्थित गर्न र ऊर्जा सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। यसका लागि आगामी वर्षहरूमा खर्बौं डलरको लगानी आवश्यक पर्नेछ। किनकि यस क्षेत्रभरि...

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना