काठमाडौँ- यम बरालको स्वर रहेको नयाँ म्युजिक भिडियो ‘राम प्यारी’ सार्वजनिक भएको छ।
भिडियोमा गायक बराल र दीपाश्री निरौलाको मुख्य भूमिका छ। यम्मी इन्टरटेनमेन्ट र ई ग्लोबलको प्रस्तुति रहेको यो म्युजिक भिडियोलाई प्रेम लामाले निर्देशन गरेका हुन्।
प्रेम र मनोरञ्जनको मिश्रण गरेर भिडियो कम्पोज गरिएको छ। गीतमा डीपी खनालको शब्द, शंकर थापा स्माइलको संगीत, विश्व अधिकारीको एरेन्ज छ।
भिडियोमा माया स्याङ्बो र रेजिना खत्रीको शृङ्गार देख्न सकिन्छ। भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका छन्।
गीताञ्जली शर्मा निर्मात्री रहेको यो भिडियोको छायाङ्कन र निर्देशन प्रेम लामाले गरेका हुन् भने दिपेश एसकेको नृत्य निर्देशन छ।


