काठमाडौँ- गोरखा भूकम्पले पूर्णरूपमा क्षति पुर्याएको ललितपुरको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ (बुङगद्यो) को मन्दिरको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै १० वर्षपछि देवता आफ्नै मन्दिरमा पुनःस्थापना हुने भएका छन्।
आज जावलाखेलमा सम्पन्न भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई बुङमती फर्काइने तयारी भइरहेको छ। यससँगै देवतालाई पुनः नवनिर्मित मन्दिरमा विराजमान गरिने छ। भूकम्पपछि देवतालाई अस्थायी रूपमा निर्माण गरिएको संरचनामा राखिँदै आएको थियो।
स्थानीयवासीहरू मच्छिन्द्रनाथ आफ्नै मन्दिरमा फर्किन लागेकामा उत्साहित र हर्षित देखिएका छन्। १० वर्षको प्रतीक्षापछि सांस्कृतिक र धार्मिक सम्पदाको पुनर्स्थापनाले स्थानीयमा विशेष उल्लास थपेको छ।
तस्बिर: सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी


