दोलखा- दोलखा र रामेछापको सीमानामा पर्ने शैलुङ पर्यटक गन्तव्य बनेको छ।
३४ सय मिटर उचाइमा रहेको हिउँ पर्ने यो स्थान प्राय हिउँले ढाकिन्छ।
हिउँमा रमाउन र शैलुङ घुम्न मुलुकका विभिन्न भागबाट पर्यटक यहाँ पुग्छन्।
शैलुङबाट गौरीशंकर, गणेश, जुगल, अन्नपूर्णसहित मुलुकका प्राय हिमशृंखला र महाभारत पर्वतसहित माथिल्लो क्षेत्रका प्राय पहाड र पर्वतहरू देखिन्छ।
प्राकृतिकसंगै शैलुङ हिन्दू र बोद्धधर्मावलम्बीहरूको धार्मिक स्थल हो।
यहाँ जनैपूर्णिमा, बाला चतुदर्शीलगायतका समयमा मेला लाग्ने गर्छ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी


