काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले संसदको वेलमा पलेँटी कसेर विरोध गरेका छन्।
आफूहरुको अवरोधकाबीच सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अघि बढाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले वेल अगाडि पलेँटी कसेर नारबाजी गरेका हुन्।
केहीबेर वेलमा नाराबाजी गरेका सांसद पलेंटी कसेर बसेका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै उनीहरूले विरोध प्रदर्शन गरिरहेका हुन्।
रास्वपाको पलेँटी विरोध जारी रहेपनि बैठक भने सञ्चालन भइरहेको छ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी


