२०८३ कार्तिक १२ गते बुधबार

‘सरकारले बाँदर बचाउने हो कि मानिस’

 |  रासस
Sanket

रासस

काठमाडौँ, जेठ १५
jaimini
बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीको केवै गाउँ। यही वडामा बाँदर बगैँचा बनाउन पहल थालिएको छ। तस्बिर: रामबहादुर थापा/रासस

दमौली – तनहुँको बन्दीपुर गाउँपालिका–४ झप्रीका राममाया रानामगरले केही वर्ष अगाडि तरकारी खेती गर्दथे। उनलाई तरकारी खेती जोगाउनै मुस्किल थियो कारण बाँदर आतङ्क।

‘बाँदरको आतङ्कले दिक्क बनायो, दुःख गरेर खेती गर्यो उत्पादन हुने बेलामा बाँदरले खाइदिने’, उनले गुनासो गरे, ‘जति गरेपनि बाँदरबाट खेती जोगाउनै सकेनौँ।’ तरकारी, मकै लगाएको खेतमा चौबीसै घण्टा निगरानी गर्न नसकिने र निगरानी गर्दा गर्दै पनि बाँदरले खेती खाइदिएर दिक्क बनाएको उनले बताए।

‘दुई रोपनीमा मकैखेती गरेको थिएँ, बाँदरले एक मिनेटमै सबै खेती नष्ट गरिदियो, बाँदर आतङ्कले मैले तरकारी खेती गर्न छाडिदिएँ’, उनले भने। तरकारी खेती छाडेर राना अहिले मौरीपालनतर्फ लाग्नुभएको छ। बाँदरको समस्या नहुने भएकाले मौरीपालनतर्फ लागेको रानाको भनाइ छ।

रानाले मौरीपालनसँगै दालचिनी खेती गर्नुभएको छ। दालचिनीबाट मात्रै वार्षिक ? चार लाख आम्दानी हुने गरेको छ। उनले भने, ‘बाँदरबाट पीडित भएपछि मौरीपालन व्यवसाय सु? गरेँ, अहिले आनन्द छ। तर गाउँमा अझै पनि बाँदरको समस्या छ, अन्य कृषक हैरान हुनुहुन्छ, यसतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्छ।’

बाँदरले खेतीपाती मात्र नभई घर–घरमा सुतिरहेको अवस्थामा वृद्धवृद्धालाई आक्रमण गरेर घाइते बनाउने गरेको उनले बताए। उनले भने, ‘हामी बाँदरलाई निर्मूल पार्नुपर्छ भन्दैनौं तर यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ त्यसतर्फ सरकारले सोचोस्।’ उनले बाँदर व्यवस्थापनका लागि निकुञ्ज स्थापना गर्नुपर्ने माग गरे।

बन्दीपुर गाउँपालिका–३ का होमबहादुर विक पनि बाँदर आतङ्कले हैरान हुनुहुन्छ। बाँदर आतङ्कले खेतीबाली जोगाउन मुस्किल भएको उनको गुनासो छ। ‘बाँदरले सबै अन्नबाली खाइदिन्छ, मान्छेले के खाने ?’, उनले भने, ‘ सरकारले बाँदर बचाउने हो कि मानिस बचाउने हो सोच्नुपर्यो।’

खेतबारीमा मात्र नभई घरमा राखिएका खानेकुरा पनि बाँदरले खाइदिने गरेको उनको गुनासो छ। ‘बाँदर आतङ्कले आजित भइसक्यौं, खै कसले हाम्रो पीडा सुनिदिने हो’, उनले भने, ‘नेपाल कृषि प्रधान देश भनिन्छ तर कृषि गरेर खान नसकिने भइयो।’ बाँदर मार्न नपाइने भएकाले यसको कसरी व्यवस्थापन गर्ने हो सम्बन्धित निकायले हेरिदिनुपर्ने उनको माग छ।

बन्दीपुर गाउँपालिका–२ का नारायण केसीले बाँदर आतङ्कले गर्दा खेतबारी बाँझो हुने क्रम बढेको बताए। उनले भने, ‘वर्षभरि दुःख गरेर खेती गर्यो, खेती बाँदरले खाइदिएपछि कृषक निराश हुनुपर्ने अवस्था छ। दुःखको फल नपाउने भएपछि किन खेती गर्ने भन्ने कृषकको सङ्ख्या बढ्दो छ। जग्गा बाँझो हुने क्रम बढेको छ।’ सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिए पनि बाँदर आतङ्कका कारण कृषक कृषिबाट विस्थापित हुनुपरेको केसीको भनाइ छ।

व्यास नगरपालिका–१२ धरादीका प्रेमकुमारी थापाको पीडा पनि उस्तै छ। अहिले मकैखेती गरिएकामा बाँदरले सबै मकै भाँचिदिएको उनको गुनासो छ। ‘बाँदरले मकै भाँचेर सोत्तर बनायो, केही राखेन’, उनले भने। व्यास नगरपालिका–६ शिशाघाटका कृषक बलबहादुर चदौलाले बाँदर आतङ्कले कहिल्यै खेती खान नपाइएको गुनासो गरे। उनले भने, ‘मकै, घिरौला, काँक्रो केही राख्दैन, सबै खाइदिन्छ, बच्ने भनेको खुर्सानी मात्र हो।’

शुक्लागण्डकी नगरपालिका–१० मान्द्रेका सिद्धबहादुर खाँणले तरकारी खेती जोगाउन बाँदर कुरेर बस्नुपर्ने अवस्था रहेको बताए। ‘बाँदर धपाउन नबसे खेतीबाली नष्ट हुन्छ, कति कुरेर पनि साध्य हुन्छ र ?’, उनले भने, ‘कृषक साह्रै पीडित भए, कृषकको समस्या सुनिदिने कसले हो खै ?’

भानु नगरपालिका–४ का अनिता गु?ङले बाँदरबाट कृषिमा भएको क्षतिपूर्तिको व्यवस्था सरकारले गर्नुपर्ने माग राख्नुभयो। ‘दुःख गरेर गरेको खेती बाँदरलाई मात्रै हुन्छ, हामीलाई कसले क्षतिपूर्ति दिन्छ खै ?’उनले भने।

बाँदर आतङ्कबाट बचाउन सरकारले उचित नीति ल्याउनुपर्ने प्राकृतिक पर्यावरण संरक्षण मञ्च तनहुँका अध्यक्ष सुदर्शन प्रधान बताउनुहुन्छ। उनले भने, ‘सरकारले किसानको यो दुःखद् मर्म र पीडा बुझेर सही नीति ल्याउनुपर्छ।’ तनहुँमा ६० हजार बाँदर रहेको भन्दै उनले बाँदरका कारण कृषक सधैँ पीडामा बस्नुपर्ने अवस्था आइपरेको गुनासो गरे।

‘चैत महिनादेखि असारसम्म बिहान उज्ज्याले भएदेखि बेलुका साँझसम्म बाँदरले धरक्कै ?वाइरहेको छ। बाँदरले घर–घर पसेर अन्नपात लुट्ने र मान्छेलाई कोपर्न थालेको छ’ उनले भने, ‘अब बाँदर पीडितले आफ्ना बालचच्चा पाल्ने कि बाँदर ? सरकारले स्पष्ट जवाफ दिनुपर्छ।’

प्रकाशित: २०८० जेठ १५ गते सोमबार १२:३२
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

अनुसन्धातालाई छक्याइरहन्छन् बाँदर, विज्ञ पनि हैरान!

परिवर्तनलाई ग्रहण गर्ने र त्यसमा सजिलै घुलमिल हुन सक्ने क्षमता मानिसपछि सबैभन्दा बढी बाँदरमा रहेको डा न्यौपानेको भनाइ छ। वन जङ्गलबाट मानव बस्तीतिर सरेर सामाजिकीकरण हुन खोजिरहेको बाँदरलाई...

स्थानीय तहको नीति : कुकुरलाई होस्टल, बाँदरलाई बगैँचा!

बागलुङ- बागलुङका स्थानीय तहले पृथक नीति तथा कार्यक्रम ल्याएका छन्। जिल्लाको दुई पालिकाले कुकुर र बाँदर नियन्त्रणका लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका छन्। जिल्लाको बागलुङ नगरपालिकाले...

एक लाख बाँदर चीनलाई बेच्ने श्रीलंकाको तयारी

कोलोम्बो- आर्थिक सङ्कटबाट गुज्रिएको श्रीलङ्काले चीनमा एक लाख लोपोन्मुख बाँदर निर्यात गर्नेबारे तयारी गरेको छ। श्रीलंकाली कृषिमन्त्रीले बुधबार यस विषयमा जानकारी गराएका हुन्। लोपोन्मुख...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना