२०८३ कार्तिक १३ गते बिहिबार

द्वन्द्वकालका घाइते परिवारको कथामा बन्यो चलचित्र ‘सिटामोल’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ३
film_cetamol (5)

काठमाडौँ- द्वन्द्वकालमा घाइते भएका एक परिवारको कथामा आधारित रहेर चलचित्र ‘सिटामोल’ निर्माण भएको छ। साउन २३ गतेदेखि प्रदर्शन हुन लागेको चलचित्र ‘सिटामोल’ द्वन्द्वकालमा घाइते भएका एक परिवारको कथामा आधारित रहेको विषय सुटुक्क बाहिरिएको हो।

सोमवार चलचित्रमा समावेश गीत ‘झुम्का कानैमा’ सार्वजनिक कार्यक्रममा कलाकारहरूले चलचित्रको कथावस्तु चुहाएका हुन्।

चलचित्रका निर्देशक राजबहादुर सानेले आफ्नो निर्देशन यात्रालाई फरक ढङ्गले परिभाषित गर्ने काम गरेको दाबी गरे।

‘विगतमा मैले गरेको कामभन्दा यो निकै फरक छ। यसपटक मैले रोजेको कथा र त्यसमा लेखिएका चरित्रमा जीवन्त बनाउनुभएका कलाकारले गर्दा भिन्न रूपमा आएको छु। यो चलचित्रले माओवादी द्वन्द्वकालमा घाइते भएको एक व्यक्ति र उसको परिवारको कथालाई समेटेको छ,’ उनले भने।

सोही अवसरमा फिल्मका मुख्य अभिनेता सौगात मल्लले युद्ध लडेको लडाकुको जीवनसँगको सङ्घर्षको कथा आफूलाई मन परेकाले आफू जोडिएको बताए। औपचारिक कार्यक्रममा खासै नबोल्ने सौगातले पत्रकार सम्मेलनमा भने खुलेरै आफ्नो फिल्मको बयान गरे।

‘समाज र देश परिवर्तन गर्न युद्धमा होमिएको एउटा व्यक्तिले आफ्नो जीविकोपार्जनका लागि गर्नुपरेको सङ्घर्ष कम छैन। यो एउटा द्वन्द्वको प्रभाव परेको व्यक्ति र उसको परिवारको कथा हो,’ उनले भने, ‘यसले हाम्रो सोचाइमा परिवर्तन ल्याउँछ जस्तो लाग्छ।’

‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ कर्णाली प्रदेशमा प्रचलित हुड्के नाचमा तयार गरिएको छ। गीतको अडियोमा देउडा र लोक फ्लेवरलाई मिश्रण गरिएको छ।

बाबुल गिरीको संगीत र स्वर रहेको गीतको शब्द रचना गोवन्द भट्टले गरेका हुन्। गायनमा पछिल्लो समयकी चर्चित गायिका शान्तिश्री परियारले संगीतकार गिरीलाई साथ दिएकी छन्। प्रवीन सिंहले खिचेको गीतमा कविराज गहतराजको कोरियोग्राफी हेर्न सकिन्छ। सार्वजनिक गीतको अडियो तथा भिडियो उत्कृष्ट बनेकाले दर्शकको मन जित्ने विश्वास निर्माण टिमलाई छ।

राज बहादुर सानेको निर्देशनमा निर्माण भएको सिनेमाको गीत रिलिज कार्यक्रमका प्रतिनिसभा सांसद ज्ञानेन्द्र शाही प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए। उनले सिनेमाको गीत जस्तै सिनेमा पनि उत्कृष्ट बनेको होस् भन्दै सफलताको शुभकामना दिए।

सिनेमाको गीत रिलिज कार्यक्रममा निर्देशक सानेले ‘सिटामोल’ले आफ्नो करिअर बदल्ने दाबी गरेका छन्। उनले भने, ‘यो हामीले एकदमै दुःखले बनाएको सिनेमा हो। म दाबी गरेर भन्न सक्छु कि ‘सिटामोल’ले मेरो करिअर बदल्नेछ। मैले बनाएको अहिलेसम्मकै राम्रो सिनेमा समेत सिटामोल हो।’ यो सिनेमाले नेपाली समाजको यथार्थ कथालाई प्रस्तुत गरेको निर्देशक सानेको दाबी छ।

सिनेमामा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण परियार, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ। श्री कृष्ण र जानुकाले यही सिनेमाबाट नेपाली रजतपटमा डेव्यु गरेका हुन्।

तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमाको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन्। सिमोस सुनुवारको प्रस्तुती रहेको सिनेमामा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह-निर्मातामा छन्।

बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, डिआई कलर राजेन्द्र मोक्तान, साउण्ड डिजाइनर मुकेश शाह, द्धन्द्व निर्देशन देव महर्जन र शंकर महर्जन, राकेश दाहालको पोस्टर डिजाइन, प्रोडक्सन म्यानेजर विकास तामाङ र धनबहादुर राई रहेको सिनेमालाई दिव्य सुवेदीले खिचेका हुन्।

गीत सार्वजनिक कार्यक्रमका दृश्य

प्रकाशित: २०८२ असार ३ गते मङ्गलबार ०५:२७
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना