२०८३ कार्तिक १३ गते बिहिबार

राजावादीले धम्की दिएपछि के भने कलाकार प्रभात लामाले?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १२
Prabhat-Lama

काठमाडौं– कलाकार प्रभात लामाले  टेलिभिजन कार्यक्रम ‘कमेडी नाइट विद च्याम्पियन्स’ को पछिल्लो श्रृंखलामा प्रसारित सामग्रीलाई लिएर आफूलाई राजावादीहरुबाट धम्की आएको बताएका छन्।

 राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाही, नेतृ खुश्बु ओली र  राजावादी आन्दोलनका सक्रिय सदस्य तथा अधिवक्ता स्वागत नेपाल पाहुना रहेको सो एपिसोडमा कलाकार लामाले पूर्वराजा ज्ञानेनद्र शाहको क्यारिकेचर गरेका थिए।

 अहिले उक्त प्रस्तुति दिने कलाकार  लामालाई भने केही राजावादीहरुले धाक–धम्कीसहितका फोन कल तथा एसएमएस पठाएर दुःख दिन थालेको पाइएको छ । स्वयं कलाकार लामाले सामाजिक सञ्जालमा एउटा पोस्टमार्फत आफूलाई त्यसरी नधम्क्याउन आग्रह नै गरेका छन्। सञ्चारकर्मीसमेत रहेका कलाकार लामाले ‘कमेडी नाइट विथ च्याम्पियन्स’ को पछिल्लो अंकमा आफूले पूर्व राजा ज्ञानेन्द्रको क्यारिकेचर गरेपछि केही साथीहरु रिसाएर म्यासेज तथा फोन गरिरहेको उल्लेख गरेका छन्।

‘म हालको गणतान्त्रिक मुलुकको स्वतन्त्र नागरिकको हैसियतले महामहिम राष्ट्रपति र सम्माननीय प्रधानमन्त्रीज्यूको पनि गलत कार्यको व्यंग्य र प्रश्न उठाउने अधिकार राख्न सक्छु भने पूर्वराजाको क्यारिकेचर गर्दा गलत के भयो? कलाकार लामाले सोधेका छन्– ‘तपाईँको राजा नआउँदै यस्तो रवाफ देखाउनु हुन्छ भने साँच्चै राजा आएको दिन के गर्नु हुन्छ रु मलाई मेरो काम गर्न दिनुस् तपाईँ तपाईँको राजा ल्याउँदै गर्नुस्।’

कलाकार लामाले जनजातिले राजाको क्यारिकेचर गरेकोमा असन्तुष्टि व्यक्त गरिएकोेप्रति पनि आफ्नो धारणा व्यक्त गरेका छन्। ‘क्षमता र ल्याकत राख्नु हुन्छ भने तपाईँहरु पनि गर्नुहोस्, कलाकारितामा आउनुहोस्, जात–भातको कुरै नगर्नु होस्, यो शोभनीय कुरा पनि होईन, उनले भनेका छन्– ‘अर्को बुझ्नु पर्ने कुरा हास्य व्यङ्ग्य कलाकारले जसको क्यारिकेचर गर्दैमा उहाँको मान–मर्दन गरिने भन्ने होईन। बरु त्यो पात्रमार्फत धेरै कुरा र विचार ठट्यौली शैलीमा धेरै कुरा व्यक्त गर्न खोजिएको हुन्छ।’

कलाकार लामाले व्यक्तिगत रुपमा उमेरको हिसाबले हेर्ने हो भने पनि पूर्व राजा हजुरबुवा समान भएको उल्लेख गर्दै भनेका छन्– ‘उहाँलाई गर्नुपर्ने सम्मान र आदर सधैँ उस्तै छ। मलाई राम्ररी थाहा छ– उहाँलाई कुन सम्मान दिनु पर्ने हो भनेर। त्यो तपाईँहरुले सिकाई राख्न परेन। व्यक्तिगत रुपमा उहाँलाई उत्तिकै आदरभाव व्यक्त गर्न सक्छु, जति उहाँ सम्मानित र आदरणीय हुनुहुन्छ। त्यसैले मलाई कुनै पनि शैलीको धाक–धम्कीको भाषा प्रयोग नगरी दिनुहोला। कार्यक्रम केवल मनोरञ्जनका लागि तयार पारिएको हो। राजनीतिक अभिष्ट पुरा गर्न, कसैलाई सकाउन वा बनाउन तयार पारिएको कार्यक्रम होईन। हेरेर मज्जाले हाँस्नु होला। सुझाव चाहिँ दिँदै गर्नु होला।’

कार्यक्रमका निर्देशक विशाल भण्डारीले कलाकार लामाको यो नोटलाई शेयर गर्दै भनेका छन्– ‘राजा नआउँदै जातिय विभेदको कुरा गर्ने कस्ता राजावादी रु पूर्व राजालाई यस्ता गएगुज्रेका राजावादीबाट जोगाउनुस है अभियन्ताहरु। राष्ट्र प्रमुखले (चाहे त्यो राष्ट्रपति रप्रधानमन्त्री या पूर्व राजा जो हुन) कहिल्यै वर्ग, जात, धर्म र क्षेत्र हेरेर जनतामा विभेद गर्दैन । यदि गर्छ भने त्यो व्यक्ति त्यो सम्मानित पदको लायक छैन भनेर बुझौँ।

प्रकाशित: २०८२ असार १२ गते बिहिबार १२:३०
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना