२०८३ कार्तिक १२ गते बुधबार

रियलमीको सबैभन्दा पातलो मोबाइल आउँदै, कति पर्ला नार्जो एन-५५ को मूल्य?

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ १६
realmenarzpn55

काठमाडौँ- चिनियाँ मोबाइल ब्रान्ड रियलमीले एन सिरिजका दुई मोडल नेपालमा भित्र्याउने भएको छ। नेपाली ग्राहकको माग अनुसार कम्पनीले दुई मोबाइल मोडललाई छिट्टै नेपाली बजारमा उपलब्ध गराउने जानकारी दिएको हो। रियलमीका स्मार्टफोनमा ब्याट्री (चार्जिङ), चिपसेट (कार्यसम्पादन) र क्यामेरामा आधुनिक विशेषता भएकाले स्मार्टफोनको बजारमा नयाँ परिवर्तन ल्याउने कम्पनीको दाबी छ।

रियलमीको अहिलेसम्मकै पातलो मोडल नार्जो एन-५३ मा ३३ वाटको फास्ट चार्जिङ, क्यामरा र लेटेस्ट चिपसेट छ। ९० हर्जको आकर्षक एफएचडी डिस्प्ले र नयाँ मिनी क्याप्सुल फिचर रहेको छ। यो एन सिरिजको नेक्स्ट जेन क्विक र नेक्स्ट जेन सिक स्मार्टफोन भएको बताइएको छ।

नार्जो एन ५३ को मूल्य २० हजारभन्दा कम नै तोकिने कम्पनीको भनाइ छ। यो ६ जीबी र्‍याम र १२८ जीबी इन्टरनल मेमोरी भएको मोबाइलको मूल्य हो। ४ जीबी र्‍याम र ६४ जीबी इन्टरनल मेमोरी भएको नार्जो एन५३ मूल्य १६ हजार ५ सय पर्ने अपेक्षा गरिएको छ। यद्यपि कम्पनीले आधिकारिक रूपमा यो मोडलको मूल्य तोक्न बाँकी छ।

नार्जो एन ५५ मा ५ हजार एमएएचको ब्याट्री र सुपर फास्ट ३३ वाटको सुपरभोक चार्जिङ भएकोले छिटो चार्ज गर्छ। ६४ मेगापिक्सलको एआइ क्यामरा र ८ मेगापिक्सेलको सेल्फी क्यामरा छ।

९० हर्जको रिफ्रेस रेट भएको फुल एचडि प्लस डिस्प्लेले गर्दा फोन चलाउन एकदमै सहज अनुभव हुन्छ। साथै यसमा मेडियाटेक हेलियो जी-८८ चिपसेट, १२ जिबिको डाइनामिक र्‍याम, रियलमी युआइ ४.० र नयाँ अटो पिक्सलेट सेफ्टी फिचर पनि रहेको छ।

नार्जो एन ५५ को मूल्य २४ हजारभन्दा कम तोकिने कम्पनीको भनाइ छ। यो ६ जीबी र्‍याम र १२८ जीबी इन्टरनल मेमोरी भएको नार्जो एन५५ को मूल्य २३ हजार ५ सय पर्ने बताएको छ। ४ जीबी र्‍याम र ६४ जीबी इन्टरनल मेमोरी भएको नार्जो एन५३ मूल्य २० हजार पर्ने अपेक्षा गरिएको छ। यद्यपि कम्पनीले आधिकारिक रूपमा यो मोडलको मूल्य तोक्न बाँकी छ।

प्रकाशित: २०८० जेठ १६ गते मङ्गलबार ११:३४
प्रतिक्रिया

थप समाचार

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...

दशैँपछि खुलेको बजारमा सुन तोलामै ११ हजार ७०० रुपैयाँ सस्तियो

दशैँ बिदापछि आइतबार खुलेको सुनचाँदी बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य २३० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी...

एनसेलमाथि राज्यको वक्रदृष्टि: लोकप्रियतावादको पासोमा विदेशी लगानी र बालेन सरकारको परीक्षा

स्मार्ट टेलिकमलाई सरकारीकरण गर्ने नाममा राज्यले एउटा कम्पनीको अस्तित्व नै नामेट पार्‍यो। २५ वर्षे लाइसेन्स सकिने बहानामा राज्यले अहिले एनसेलमाथि त्यस्तै जालो बुन्दैछ।

‘ड्याम्म हरियो सय रुपैयाँको नोट पाउँदा करोडपति बनेजस्तो फिलिङ हुन्थ्यो’

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान उपाध्यक्ष हेमराज ढकाललाई दशैं भन्नेबित्तिकै बाल्यकालमा पिङ खेलेको, पिङबाट लडेको र मामाघरमा सय रुपैयाँ दक्षिणा पाउँदाको खुसी याद आउँछ। भोजपुरमा...

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ: नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) प्रायोजन गर्ने भएको छ। टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी र क्रिकेट एसोसिएसन नेपाल (क्यान)का...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना