२०८३ साउन २७ गते बुधबार

विश्वभरका नेपाली उद्यमी जोड्दै फिने, गण्डकीमा पनि कमिटी विस्तार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १८
c7163364-c0e7-49a9-a368-af25b5057b69

पोखरा- विश्वका विभिन्न मुलुकमा छरिएर रहेका युवा उद्यमीलाई जोड्ने उद्देश्यले स्थापित अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने)ले गण्डकीमा पनि आफ्नो कमिटी विस्तार गरेको छ।

पोखराको वरपिपल रिसोर्टमा सम्पन्न भेलाले जितु गुरुङको नेतृत्वमा गण्डकी प्रदेश समिति गठन गरेको हो। १९ सदस्यीय समितिको वरिष्ठ उपाध्यक्षमा हरि भुजेल, उपाध्यक्षमा शान्ति श्रेष्ठ उदास र सुनिल न्यौपाने रहेका छन्। महासचिवमा इन्जिनियर चिरञ्जीवी गौतम चयन भएका छन् भने सचिवमा प्रशुन्न भण्डारी र राजकुमार सुनार छन्। कोषाध्यक्षमा पोशराज पौडेल, सहकोषाध्यक्ष रुद्र रेग्मी, प्रवक्ता कृष्णप्रसाद आचार्य चयन भएका छन्।

सदस्यहरूमा अस्मिता लामिछाने, भूपेन्द्रकुमार लामा, रमेशप्रसाद भूर्तेल, हरि लामिछाने, गोपालकृष्ण संग्रौला, धर्मराज पन्थी, थानेश्वर बराल, सन्तोष प्रधान र सुरेन्द्र कुँवर रहेका छन्।

भेलाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका थिए। उनले वैदेशिक अनुभव, सीप र पुँजीलाई मातृभूमिमा लगानी गर्न आह्वान गर्दै आवश्यक परे कानुनी संशोधन गर्न आफू तयार रहेको बताए। उनले भने, ‘कि विदेश आउनुस् कि गेरुवस्त्र लगाएर बस्नुस् भन्नेहरुलाई चुनौती दिँदै नेपालमै सम्भावना खोज्ने जुन प्रयास फिनेले गरेको छ, त्यो प्रशंसनीय छ।’

यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवा उद्यमीहरुलाई जोड्ने फिनेको अभियानमा निजी क्षेत्रले आवश्यक साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

यसैगरी उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले नेपालमा प्रशस्त अवसर भएको बताउँदै विदेशको सीप नेपालमा लगानी गर्न आह्वान गरे। उनले स्टार्टअप क्षेत्रमा लगानी गर्न पनि आग्रह गरे। उनले भने, ‘स्टार्टअपका लागि कोष नै बनाएर लगानी गर्न आवश्यक छ।’

केन्द्रीय अध्यक्ष स्वतन्त्रप्रताप शाहले फिनेले छोटो समयमै देश तथा विदेशमा आफ्नो सञ्जाल विस्तार गरेको बताए। नेपाली युवा उद्यमीहरूलाई एकत्रित गरेर देशभित्रै उद्यमशीलता र रोजगारीको नयाँ अवसर सिर्जना गर्ने अभियानमा फिने लागेको उनको भनाइ थियो।

यस्तै उपाध्यक्ष शमीम अन्वरले फिनेले फिनेले व्यवसायिक सहकार्य, ज्ञान हस्तान्तरण, प्रदर्शनी र बजारीकरणमा काम गर्ने बताए। आईईसी वरिष्ठ उपाध्यक्ष गोकर्णप्रसाद ढकालले स्वागत मन्तव्य राख्दै फिनेको स्थापनाको औचित्यबारे प्रष्ट पारेका थिए।

आईईसी महासचिव दिपेन घलेले नेपाली उद्यमीहरुबिच सहकार्य, मार्गदर्शन र अवसरहरुको सञ्जाल निर्माण गर्दै विश्व बजारमा छरिएर रहेका नेपाली उद्यमीहरुलाई सशक्त बनाउँदै जाने लक्ष्य फिनेले लिएको बताए।

यस्तै फिने बागमतीका सल्लाहकार रामकुमार थपलियाले सबै क्षेत्रका उद्यमीहरुलाई समेट्दै जाने लक्ष्य रहेको बताए। बागमती र गण्डकीपछि क्रमश: अन्य सबै प्रदेशमा पनि संगठन विस्तार गर्ने लक्ष्य लिएको नेपाल संयोजक रामशरण थापाले बताए।

कार्यक्रममा फिने अमेरिकाका अध्यक्ष सविन्द्र थापा, फिने हङकङका अध्यक्ष इन्दर पुन, नेपाल संयोजक रामशरण थापा र फिने बागमतीका अध्यक्ष कृष्ण खतिवडाबिच प्यानल डिस्कसन भएको थियो। उद्यमीहरुबिच भएको सीप र उत्पादनलाई अन्तर प्रदेशदेखि अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउनेगरी सहकार्य गर्न आवश्यक रहेको मत उनीहरुको थियो।

प्रकाशित: २०८२ साउन १८ गते आईतबार १०:१६
प्रतिक्रिया

थप समाचार

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तारका लागि हेलिकप्टरमार्फत् उपकरण ढुवानी

काठमाडौँ: सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाको निर्देशनपछि बाजुराको धार्मिक तथा पर्यटकीयस्थल बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि नेपाल टेलिकमले हेलिकप्टरमार्फत...

भेडेटारको स्काई वाकले बढायो पर्यटक, वार्षिक ९ करोड बढीको कारोबार

धनकुटा: भेडेटारमा सञ्चालित ‘स्काइवाक’ पछिल्लो समय नयाँ पर्यटकीय आकर्षणका रूपमा स्थापित हुँदै गएको छ। पारदर्शी सिसामाथि हिँड्दै प्राकृतिक सौन्दर्य अवलोकन गर्न पाइने भएकाले दैनिक सयौँ पर्यटक‘स्काइवाक’...

एलएलएम नतिजामा त्रुटि: ७७ प्रतिशत अनुत्तीर्ण, सबैमा पास भएका धेरै विद्यार्थी विधिशास्त्रमा फेल

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयको कानुन संकायमा स्नातकोत्तर (एलएलएम) दोस्रो सेमेस्टरको नतिजामा त्रुटि भएको भन्दै विद्यार्थीहरूले पुनःपरीक्षणको माग गर्दै डीन कार्यालयमा निवेदन दिएका छन्।...

बढ्यो अण्डाको मूल्य, कति पुग्याे प्रतिक्रेट ?

चितवन: अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो। सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३०...

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

लमजुङ: कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य, तातोपानीका कुण्ड, धार्मिक तथा ऐतिहासिकस्थल र मौलिक संस्कृति। प्रकृति, संस्कृति र इतिहासको यही विविधताले लमजुङको मर्स्याङ्दी...
bc0f8481-ec15-4af1-998c-442cdfeab0c3
समाज

एलएलएम नतिजामा त्रुटि: ७७ प्रतिशत अनुत्तीर्ण, सबैमा पास भएका धेरै विद्यार्थी विधिशास्त्रमा फेल

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयको कानुन संकायमा स्नातकोत्तर (एलएलएम) दोस्रो सेमेस्टरको नतिजामा त्रुटि भएको भन्दै विद्यार्थीहरूले पुनःपरीक्षणको माग गर्दै डीन कार्यालयमा निवेदन दिएका छन्।...
arun_subedi
विचार

नियामक निकायले बजारलाई ‘सहजीकरण’ गर्ने हो, ‘नियन्त्रण’ होइन

व्यावहारिक धरातलमा ओर्लिएर नीतिहरू नबनाएसम्म बैंकमा पैसा थुप्रिने तर जनताको हात खाली हुने क्रम जारी रहनेछ। उद्यमीको सम्मान, लगानीको सुरक्षा र करको सरलीकरण नै आजको अर्थतन्त्रको औषधि हो। पुँजीलाई...
mof_building
आर्थिक नीति

शिक्षा र स्वास्थ्य कर हटाउँदा ४ अर्ब ५८ करोड राजस्व खाडल, अर्थले कहाँबाट पूरा गर्ला?

चालू आर्थिक वर्षमा सरकारले १५ खर्ब ८० अर्ब ३१ करोड रुपैयाँ कर उठाउने लक्ष्य लिएको छ। शिक्षा र स्वास्थ्यमा लगाएको समता कर हटाएपछि राजस्वमा सरकारलाई दबाब पर्ने देखिएको छ।
norvic pix (2) (1)
शेयर बजार

बुकबिल्डिङबाट आईपीओ ल्याउन लागेको नर्भिक हस्पिटलले सेयरधनीलाई ४२.१० प्रतिशत लाभांश दिने

यही मंगलबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। लाभांश पारित गर्त हस्पिटलले आउँदो भदौ १५ मा वार्षिक साधारणसभा बोलाएको छ।
nrn_fund
उद्योग

एनआरएन डेभलपमेन्ट फन्डले पायो डलरमा आईपीओ ल्याउन अनुमति, ५० अर्ब लगानी आउने

सेबोनले धितोपत्र निष्कासन निर्देशिका परिमार्जन गरेर मंगलबार डेभलपमेन्ट फन्डलाई विदेशी मुद्रामा आईपीओ जारी गर्न इजाजत दिएको हो। फन्डमार्फत मुलुकको पूर्वाधार निर्माणमा गैरआवासिय नेपालीको...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना