काठमाडौं — नेपाली सांगीतिक बजारमा विभिन्न विधागत गीतहरुको आयाम फैलिदोँ छ। पछिल्लो समय लगातार नयाँ गीतहरू सार्वजनिक भइरहेका छन्। यसै क्रममा गायक सुजन बराईलीको भजन गीत पबित्र ठाँउ मुक्तिनाथ सार्वजनिक भएको छ।
साउन महिनामा विशेष गरी महिलाहरूले ब्रत बस्ने, पूजा–पाठ तथा भजन–कीर्तन गर्ने परम्परा रहेको छ। यसै सन्दर्भमा धार्मिक भावनालाई उजागर गर्दै गायक बराईलीले भक्तिभावले भरिएको यो भजन गीत दर्शकमाझ ल्याएका हुन्।
भजनमा सुजन बराईली र निर्जला गुरुङको सुमधुर स्वर सुन्न सकिन्छ। गीतका शब्द शिब अखेलीले लेखेका हुन् भने कुमार केसीले संगीत दिएका छन्। संगीत संयोजन रमेश सेञ्चुरीले गरेका हुन्।
भिडियोलाई पनि कुमार केसीले निर्देशन गरेका छन्। रेशम दर्लामीले छायांकन गरेका छन् भने अमृत चापागाईंको सम्पादन रहेको छ।
भजन गीत सुजन बराईलीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।


