काठमाडौँ– ग्लोकल टिन हिरो नेपाल २०२३ को नवौं संस्करणको लागि आवेदन खुलेको छ। यस वर्षको ग्लोकल टिन हिरो सेप्टेम्बर महिनाको पहिलो दिन घोषणा गरिने गोल्छा ग्रुपले जानकारी दिएको हो।
ग्लोकल प्रालिले आयोजना गरेको ग्लोकल टिन हिरो नेपालले किशोरकिशोरीको कार्यलाई कदर गर्ने र अरु माझ चिनाउने कार्य गरिने कम्पनीको दाबी छ। यसले किशोरकिशोरीहरुमा उद्यमशील सोच विकास एवं रचनात्मक सुरुवातको लागि थप ऊर्जा प्रदान गर्ने विश्वास लिइएको छ।
नेपालबाट सन् २०१५ मा सुरु भएको यो कार्यक्रम पछि देशभर विस्तार भएको थियो। हालसम्म नेपालका आठ किशोर किशोरिहरुलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको छ। अन्य दक्षिण एसियाली देशहरूमा आफ्नो क्षितिज विस्तार गर्ने परिकल्पनाका साथ, ग्लोकल टिन हिरोलाई भारतमा, श्रीलंकामा र त्यसपछि बंगलादेशमा क्रमशः २०१९, २०२० र २०२२ मा सुरु गरिएको थियो।
समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रम्मिंग, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरनका कार्यहरु लगायत विभिन्न अन्य क्षेत्रमा आफ्नो कौशलता दर्साएका प्रतिभावान किशोर किशोरिहरुलाई निशुल्क आवेदन भर्न सक्ने व्यवस्था गरिएको गोल्छा ग्रुपले जानकारी दिएको छ। आयोजकले ६२ सहरहरूमा किशोरकिशोरीहरूसँग अन्तरक्रिया गर्नेसमेत जनाएको छ।

पहिलो चरणमा कुल आवेदनहरुको पहल, प्रभाव र उपलब्धिका आधारमा ग्लोकल २० अन्डर २० को छनोट गरिनेछ। त्यसपछि उनीहरुको दृष्टिकोण, कामको सुरुवात र प्रभावको आधारमा उत्क्रिस्थ ६ को छनोट हुनेछ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, मनोवृत्ति र दुरदर्सनको मापनको लागि अन्तर्वार्ता हुनेछ र ग्लोकल टीन हीरो नेपाल २०२३को बिजेता घोषणा गरिनेछ।
अन्तिम स्क्रिनिङ र साक्षात्कारका लागि निर्णायक टोलीमा गोल्छा ग्रुप प्रा लिमिटेडकी निर्देशक सुश्री सीमा गोल्छा, कोकाकोला कम्पनीका कन्ट्री निर्देशक श्री आदर्श अवस्थी, ज्योतिग्रुप अफ कम्पनीका निर्देशक श्री सौरभ ज्योति, नेपालका लागि प्रतिनिधि सुश्री क्यारोलिन स्पन्नुथ वर्मा र युनिसेफ नेपाल रहेछन्।
कार्यक्रममा रणनीतिक साझेदारको रूपमा युएनएचसीआर, युनिसेफ, संघीय गणतन्त्र जर्मनीको दूतावास,स पार्ट्नरका रुपमा होन्डा, कोका कोला, डब्ल्यूडब्ल्यूएफ नेपाल, टोयोटा, द् ब्रिटिश कलेज, पंचकन्याग्रुप, डिशहोम गो, काठमाडौं वर्ल्ड स्कूल र रियल् जुसस आधिकारिक होटल साझेदारको रूपमा द् सोल्टी काठमाडौस आतिथ्य पार्टनरमा सिद्धार्थ बिजनेश ग्रुप अफ हसपीट्यालीटी र कोजी होमस एयरलाइन्स पार्टनरको रूपमा नेपाल एयरलाइन्स, क्याथे प्यासिफिक एयरवेज र एति एयरलाइन्सस शिक्षा पार्ट्नरमा किङ्स कलेजस पी आर साझेदारमा प्रिस्मा एडभरटाईजिंगस समर्थकमा भ्यू योर् चोइस रहेका छन्। इच्छुकले यो लिकंमा गई विवरण भर्न सक्नेछन्।


