२०८३ कार्तिक १३ गते बिहिबार

‘आचार्य’को छायांकनको लागि भारततिर निखिल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ३
f58589b2-dfa5-4f10-9e57-7f8d7b031957

अभिनेता तथा निर्देशक निखिल उप्रेती आफ्नो ड्रिम प्रोजेक्ट ‘आचार्य’को छायांकनको लागि भारत प्रस्थान गरेका छन्। मंगलबार निखिलसहितको निर्माण टिम काठमाडौंबाट पश्चिम बंगाल प्रस्थान गरेको हो।

प्राप्त तश्विरमा अभिनेता तथा निर्देशक निखिल उप्रेतीसँगै निर्मात्री अभिनेत्री सञ्चिता लुइँटेल, अभिनेत्री पुर्णिका सिंजापती, छायांकार मनु बिके र कलाकार समेत रहेका मुख्य सहायक निर्देशक सयनम अधिकारी देखिएका छन्। यहि भदौ ६ गते ( अगस्ट २२) शुक्रबारबाट ‘आचार्य’को छायांकन भारतको प्रसिद्ध ठाउँ ‘डुअर्स’बाट सुरू हुनेछ।

डुअर्सबाट पहिलो चरणको छायांकन सुरू हुनेछ, सोहि सेड्यूअलमा बाग्डोरा, सिलिगुरी र ठाकुरगञ्जमा फिल्मको छायांकन हुनेछ निखिलले भने, ‘दोस्रो चरणमा मुम्बई, नासिक र झारखण्ड र तेस्रो चरणमा यो फिल्मलाई नेपालमा खिचिनेछ। ६० दिनमा फिल्मको सम्पूर्ण छायांकन सम्पन्न गर्ने लक्ष्य राखेका छौं।

यो फिल्ममा निखिल नै प्रमुख अभिनेता रहनेछन् भने अन्य कलाकारमा पूर्णिका सिंजापति, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, विशाल पहारी छन्। फिल्ममा बलिउड र दक्षिण भारतीय चलचित्रहरूमा काम गरिसकेका केहि चर्चित कलाकारहरूको समेत अभिनय रहने चर्चा छ । यो विषयमा प्रश्न गर्दा निखिलले ‘आचार्य’सँग जोडिएका केहि सरप्राइज बाँकी रहेको र समयक्रममा सबै कुरा बाहिर आउँदै जाने बताए।

निखिलले ‘आचार्य’लाई विश्वस्तरीय एक्सन फिल्म बताएका छन्। यहि फिल्मबाट अभिनेत्री सञ्चिताले कोरियोग्राफीमा डेब्यू गर्नेछिन्। नेपाली र हिन्दी भर्सनको एक गीतमा उनले कोरियोग्राफी गर्ने तय भएको छ।

यसअघि २०१५ मा रिलिज भएको फिल्म ‘भैरव’बाट निर्देशकीय यात्रा सुरू गरेका निखिलको निर्देशनमा बन्ने यो दोस्रो फिल्म हुनेछ। निखिल नेपाली फिल्ममा एक्सन स्टारको नामले चिनिँदै आएका छन्।

प्रकाशित: २०८२ भदौ ३ गते मङ्गलबार ०१:१२
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना