काठमाडौँ- चिनियाँ मोबाइल उत्पादक रियलमीको सबैभन्दा पातलो फोन नेपाली बजारमा पनि सार्वजनिक गरेको छ। रियलमीको हालसम्मकै पातलो नार्जो एन-५३ मोडल नेपालमा शुक्रबार सार्वजनिक गरिएको हो।
१६ हजार रुपैयाँमा नै किन्न सकियो यो मोडलका दुई भेरियन्ट छन्। ४ जीबी र्याम र ६४ जीबी आन्तरिक भण्डारण क्षमता (इन्टरनल मेमोरी) भएको नार्जो एन-५३ को मूल्य १५ हजार ९९९ तोकिएको छ भने ६ जीबी र्याम र १२८ जीबी इन्टरनल मेमोरी भएको नार्जो एन-५३ को मूल्य १९ हजार तोकिएको छ।
मोबाइल सार्वजनिक कार्यक्रममा रियलमीका कन्ट्री हेड मुनिष गिरीले नार्जो एन-५३ रियलमीको अहिलेसम्मकै सबैभन्दा पातलो मोबाइल भएको बताए। ‘यो फोन जति स्लिम छ त्यति नै शक्तिशाली पनि छ,’ उनले भने।
नार्जो एन-५३ मोडलमा ७.४९ इन्च डिस्प्ले छ भने यो फोनको र्याम क्षमता विस्तार गर्न मिल्ने सुविधा छ। यसको अर्थ ६ जीबी र्याम भएको मोबाइलाई लाई थप ६ जीबीसम्म बढाउन मिल्ने गिरीले जानकारी दिए।
डिस्प्लेमा ९० हर्जको रिफ्रेस रेट र फुलएचडी प्लस रेजोलुसन भएको यो मोबाइलमा ३३ वाटको सुपर भोक चार्जिङ भएकाले चाँडो चार्ज हुने बताइएको छ। यो फोनको ब्याट्री पूरा रूपमा चार्ज हुन ८८ मिनेट र आधा चार्ज हुन जम्मा ३१ मिनेट लाग्ने छ। ५ हजार एमएएचको ब्याट्री भएको यो फोनबाट नाइट मोड, पोट्रेट मोड, एचडीआर, एआइ सिन रिकग्निसन र बोके इफेक्ट जस्ता मोडमा तस्बिर खिच्न सकिन्छ।
कम्पनीले शुक्रबार नै सार्वजनिक गरेको नार्जो एन-५५ पनि ३३ वाटको फास्ट चार्जिङ, ६४ मेगापिक्सेल (एमपी)को एआई क्यामरा छ। यसमा २ एमपी रेजोलुसन भएक ब्ल्याक एन्ड ह्वाइट लेन्ससहितको ८ एमपीको सेल्फी क्यामरा छ। ३३ वाटको सुपरभोक चार्जिङ र ५ हजार एमएएच ब्याट्री २९ मिनेटमै ५० प्रशिशत चार्ज हुने दाबी कम्पनीको छ। यो फोन फुल चार्ज हुन ६३ मिनेट लाग्छ।
त्यसैगरी ४ जीबी र्याम र ६४ जीबी इन्टरनल स्टोरेजसहितको नार्जो एन-५५ को मूल्य २० हजार ५ सय र ६ जीबी र्याम र १२८ जीबी इन्टरनल मेमोरी भएको नार्जो एन-५५ को मूल्य २४ हजार ५ सय तोकिएको छ।
नार्जो एन-५५ आकर्षक प्राइम ब्लु र प्राइम ब्ल्याकमा उपलब्ध छ भने एन-५३ फेदर गोल्ड र फेदर ब्ल्याकमा उपलब्ध छ।


