२०८३ कार्तिक १३ गते बिहिबार

पोर्चुगलमा नेपथ्यलाई हलभरि मायाको खुसी र आँसु

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १८
06 Nepathya frontman Amrit Gurung performing in Lisbon. Photo – Dipit Raz – Nepalaya

लिस्बन: भरिभराउ हलभित्र नेपथ्यको कन्सर्ट चल्दै गर्दा कतिपय दर्शकका आँखामा आँसु बगिरहेको थियो ।

‘गायक अमृत गुरुङले अभिभावकजस्तै सम्झाइरहँदा घर सम्झेर रोएका हुन् उनीहरू,’ आयोजक टोलीका विकास गुरुङ अर्थ्याउँदै थिए, ‘कार्यक्रम गरेर नाफा र नोक्सानभन्दा पनि हाम्रा निम्ति यहाँ बस्नेहरूमा देखिएका खुसीका यी आँसु र हाँसोको मूल्य नै बढी छ ।’
दर्शक पनि अनुमान गरेकोभन्दा ठूलो सङ्ख्या जुटेको जानकारी उनले दिए ।

 अवसरको खोजीमा युरोपको यो कुनासम्म आइपुगेका नेपालीमाझ नेपथ्य कन्सर्टको माहोल केही दिनअघि नै सुरु भइसकेको थियो । कतिपयका भोगाइ आफैँमा कथाजस्ता थिए । जस्तो कि, मनीष रायमाझी ।

छ वर्षदेखि लिस्बनका सडकमा टुकटुक हाँक्दै आएका मनीषले केही वर्षअघि ‘शिरफूल शिरैमा’ सुनेका थिए । लगत्तै गीतमा उल्लिखित रुट पछ्याए । स्थानीयलाई उनीहरूको गाउँठाउँ उल्लेख भएको यो गीत सुनाउँदै पदयात्रा गरे । ‘नेपथ्यले मलाई मनोरञ्जन मात्र होइन, प्रेरणा पनि दिने गरेको छ,’ मनीष भन्छन्, ‘यस्तो ब्यान्ड पोर्चुगल आउन लागेको जानकारी पाएकै क्षणदेखि म खुसी थिएँ ।’

अन्ततः आइतबारको रात प्रतीक्षाको त्यो घडी सामुन्ने आइपुग्यो । बेलुकी ‘लिस्बोआ अओ भिभो’ हलका ढोकाहरू खुले । हलभरिका दर्शकको उत्सुकता प्रत्येक क्षण बढ्दै गयो । मञ्चमा ब्यान्डका सदस्यहरू चढेदेखि गीत सुरु भएकै क्षणसम्म एकोहोरो नाराबाजी लागिरहेको थियो– ‘नेपथ्य, नेपथ्य’। त्यही नाराका बीच मञ्चमा गायक अमृतले पहिलो कोसेली सुनाए– ‘कोशीको पानी यो जिन्दगानी’। त्यसलाई ‘भेँडाको ऊनजस्तो’ र ‘छेक्यो छेक्यो’ ले निरन्तरता दिए । दुवै तर्फको उत्साह र उत्तेजनाले कन्सर्टको सुरुवातदेखि नै मञ्च र दर्शकदीर्घाबीच एक किसिमको बन्धन विकास हुँदै गएको देखिन्थ्यो ।

‘हामी नेपाली जहाँ गए पनि भाषाले एकापसमा बाँधेको छ,’ अमृतले अनुरोध गरे, ‘यस भाषालाई भावी सन्ततिसम्म विस्तार गरौँ है ।’
कन्सर्टमा ३३ वर्ष पहिले नेपथ्यले तयार पारेको ब्यान्डकै पहिलो गीत ‘आँगनैभरि’ देखि केही महिनाअघि मात्र सार्वजनिक गरेको ‘कर्नालीका छाइला’ सम्ममा दर्शक उत्तिकै रमाएर नाचे । ‘जोगले हुन्छ भेट’ जस्ता कतिपय गीतमा सुरुदेखि अन्त्यसम्म सिङ्गो दर्शक जमातले साथमा साथ मिलाएर गाएको थियो ।

किबोर्डको धुन बज्नेबित्तिकै अब ‘यो जिन्दगानी’ गाइँदै छ भन्ने भेउ दर्शकले पाइसकेका थिए । यो गीत प्रस्तुत गर्ने क्रममा अमृतले स्वदेशमा पढ्ने अवसर नपाएका केटाकेटीका निम्ति सक्दो योगदान गर्न युरोपका मनकारी दर्शकलाई अनुरोध पनि गरे ।

दर्शक घेरामै बेल्जियमको राजधानी ब्रसेल्सदेखि आएका दावा शेर्पा पनि थिए ।

‘बेल्जियममा हुने कन्सर्टमा सहभागी हुन नभ्याउने भएपछि म पोर्चुगलकै शो भ्याउन आइपुगेको हुँ,’ दावा भन्दै थिए, ‘आफू बसेको ठाउँमा सबैजसो नेपाली कार्यक्रम हेर्ने गरेको भए पनि यस ब्यान्डका मामलामा चाहिँ यसरी लामै यात्रा गरेरै भए पनि छुटाउन मन लागेन ।’

कन्सर्ट हेरिसकेपछि चिताएको भन्दा बढ्ता रमाइलो र ऊर्जावान् लागिरहेको प्रतिक्रिया उनले दिए ।

 कन्सर्टमै पोर्चुगलका सफल रेस्टुराँ व्यवसायी सेफ टङ्क सापकोटाजस्ता दर्शक पनि थिए, जसले आफ्नो परिवार मात्र नभई आफ्नो रेस्टुराँमा कार्यरत सहकर्मीले नेपथ्यको आनन्द लिऊन् भन्दै ७५ वटा टिकट एक्लैले काटेका थिए । उनी रेस्टुराँ नै बन्द गरेर आफ्ना सहयोगी सहकर्मीहरूसहित आएका थिए ।
‘मलाई अमृत दाइको सरल स्वभाव असाध्यै मन पर्छ, छोरालाई प्रेरणा मिलोस् भनेर उसलाई म उनको जीवनबारे सधैँ भनिरहन्छु,’ सापकोटाको भनाइ थियो, ‘जीवनमा एकचोटि अनुभव गर्नैपर्ने यस्तो कार्यक्रमबाट सकभर कोही वञ्चित नहोऊन् जस्तो लागेर भएजति आफ्ना सबैलाई ल्याएको छु।’

 अमृतले सदाझैँ यहाँको मञ्चबाट पनि नेपालका पर्यटकीय स्थलका महत्त्वको बयान गर्दै बिदामा घर गएको बेला पदयात्रा गर्न दर्शकलाई आह्वान पनि गरेका थिए ।

 कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।पोर्चुगलको सफलतासँगै १४ सदस्यीय कलाकार, प्राविधिक र व्यवस्थापनको टोली अर्को मुलुक बेल्जियम पुगिसकेको छ । सेप्टेम्बर ३ बुधबार बेलुकी एन्थ्रोपेनस्थित ‘एइडी स्टुडियोजको स्टुडियो सेभेन’ मा अबको प्रस्तुति रहनेछ ।

बेल्जियमको प्रस्तुतिसँगै एक महिनाअघि लन्डनको वेम्बली एरिनाबाट सुरु भएको नेपथ्यको युरोप यात्रा सम्पन्न हुनेछ ।

प्रकाशित: २०८२ भदौ १८ गते बुधबार ०३:२५
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना