२०८३ कार्तिक १३ गते बिहिबार

कालिङ्गामा अमोल पालेकर र सन्ध्यासँग बुद्धिसागरको संवाद

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २३
kalinga

काठमाडौँ:  आगामी भदौ २८ र २९ गते ललितपुरको हिमालय होटलमा हुने चौथो संस्करणको ‘कालिङ्गा साहित्य महोत्सव’मा देशविदेशका साहित्यकार, गायक, संगीतकार, कलाकार र कूटनीतिज्ञलगायत सहभागी हुँदैछन्।

कार्यक्रमको दोस्रो दिन भदौ २९ गते उत्सवमा चर्चित भारतीय अभिनेता एवं निर्देशक अमोल पालेकर र लेखिका सन्ध्या गोखलेसँग नेपाली लेखक बुद्धिसागरले संवाद गर्ने भएका छन्। पालेकर र गोखले श्रीमानश्रीमती हुन्। सेसन दिउँसो १२:१० देखि १ बजेसम्म चल्नेछ। ‘लाइफ इन फ्रेम : अमोल पालेकर’ शीर्षकको यस विशेष सत्रमा पालेकर र गोखलको जीवनयात्रा, कला र सिर्जनाबारे संवाद हुनेछ।

७० र ८० को दशकमा हिट सिनेमा दिएका पालेकर सादगीपूर्ण अभिनय र निर्देशनका कारण चर्चित छन्। १९६७ मा थिएटरबाट अभिनय यात्रा थालनी गरेका पालेकरले मराठीसहित हिन्दी सिनेमामा समेत काम गरेका छन्। रजनीगंधा, गोलमाल, छोटी सी बात, भूमिका, सफेद, झूट, बातों बातों में, बात बनजाए, अक्रिट, नरम गरम, तेस्रा कानुनलगायत दर्जनौँ फिल्ममा काम गरेका छन्।

उनलाई गोलमाल, अक्रिट र भूमिका फिल्मबाट फिल्मफेयर अवार्ड प्राप्त भएको थियो।

पालेकरले अक्रिट, आँखें, दायरा, थोडा सा रुमानी हो जाए, आहट, क्विस्टलगायत फिल्म निर्देशन समेत गरेका छन्। यस्तै सन्ध्या गोखलेले पहेली, समान्तर, वि आर अन, १९४२: अ लभ स्टोरीलगायत फिल्म लेखेकी छन्। बुद्धिसागर कर्णाली ब्लुज, फिरफिरे, एक्लोजस्ता चर्चित उपन्यासका लेखक हुन् भने उनको ‘बुद्धिसागरका कविताहरु’ पुस्तक पनि प्रकाशित छ।

यस पटकको संस्करणको मूल विषय ‘सीमापारिः बदलिँदो विश्वमा दक्षिण एशियाली साहित्य’ रहेको छ। महोत्सवमा भारत, नेपाल, भूटान, बंगलादेश र श्रीलङ्कासहित करिब ३०० लेखक सहभागी हुने नेपालस्थित आयोजकले बताएको छ ।

कार्यक्रमले नेपाल–भारत तथा दक्षिण एशियाली मुलुकबीचको साहित्यिक र सांस्कृतिक सम्बन्ध सुदृढ बनाउने कालिङ्गाका संस्थापक तथा निर्देशक रश्मी रञ्जन परिदाले बताए। ‘यस महोत्सवमा साहित्य, संगीत, नृत्य, कवितालगायत कलाको प्रदर्शनी हुनेछ,’ उनले भने, ‘नेपाल, भारत र दक्षिण एसियाको सांस्कृतिक र बौद्धिक विषय आदान प्रदानका साथै लामो समयदेखि कायम आपसी सम्बन्ध पनि बलियो बनाउने विश्वास हामीले लिएका छौँ।’

चौथो संस्करणलाई यसअघिका कार्यक्रम भन्दा विशेष र प्रभावकारी बनाउनेगरी तयारी गरिएको उनको भनाइ छ।

यस पटकको महोत्सवमा ‘अन्तर्राष्ट्रिय बुकर पुरस्कार २०२५’का विजेता भारतीय लेखिका बानु मुस्ताक पनि सहभागी हुनेछिन् । उनीसँगै अनुवादक दीपा भास्टी, इतिहासकार डा विक्रम संपत, लेखक तथा कूटनीतिज्ञ विकास स्वरूपलगायत दक्षिण एशियाली र अन्तर्राष्ट्रिय ख्यातिप्राप्त लेखकहरू महोत्सवमा सहभागी हुनेछन्।

महोत्सवमा प्यानल छलफल, कविता वाचन, पुस्तक लोकार्पण, लेखकसँग अन्तरक्रिया, लेखन तथा अनुवाद कार्यशाला र सांस्कृतिक प्रस्तुति हुनेछन्। कार्यक्रमले नेपाल–भारत तथा दक्षिण एशियाली मुलुकबीचको साहित्यिक र सांस्कृतिक सम्बन्ध सुदृढ बनाउने आयोजकको विश्वास छ।

प्रकाशित: २०८२ भदौ २३ गते सोमबार ०९:०६
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना