२०८३ कार्तिक १३ गते बिहिबार

‘फिल्मको लगानी उठाउनै मुस्किल छ’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ७
Susheel Rajopadhyaya

काठमाडौं। नेपाली चलचित्र क्षेत्रमा टिकाउ वातावरण बन्न नसक्दा लगानीकर्तादेखि कलाकारसम्म निराश हुने क्रम बढ्दो छ। त्यसमध्ये विभिन्न भाषा र समूदाय केन्द्रीत फिल्म निर्माणबाट आशावादी हुने ठाउँ छैन।

कलाकार एवम साहित्यकार सुशील राजोपाध्यायका अनुसार नेपालमा दर्शक संख्या पर्याप्त नहुँदा चलचित्र बनाउन लाग्ने लगानी पनि उठ्ने वातावरण रहँदैन। तर छिमेकी मुलुकहरुमा भने सयौं करोड लगानी हुने फिल्मलाई ‘ओहो कस्तो राम्रो’ भन्दै प्रशंसा गरिन्छ तर नेपालमा लाखौँको लगानीमा बनेको फिल्मले त्यस्तो प्रभाव पार्न सक्दैन। उनले भने, ‘यहाँ राम्रो गर्नका लागि ठूलो लगानी गर्नुपर्ने हुन्छ तर लगानी उठ्ने वातावरण छैन, जसले गर्दा लगानीकर्ताहरु डुब्ने अवस्था आउँछ।’

पहिले सिडी र भिएचएसमार्फत फिल्म बजारमा आउने परम्परा थियो तर पाइरेसीले लगानी सुरक्षित गर्न गाह्रो बनायो। अहिले हलमा जाने संस्कृति घट्दै गएको र मोबाइलले सबैलाई व्यस्त बनाएको कारण फिल्म हेर्ने स्थायी दर्शक वर्ग खुम्चिएको उनको भनाइ छ।

नेपालभाषाको ऐतिहासिक फिल्म जामनः गुभाजुका मुख्य कलाकार समेत रहेको उनी राज्यको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्दै भन्छन्,‘मुखले त गर्नुपर्छ भनिन्छ तर वास्तवमै चलचित्र र कलाकारिता क्षेत्रप्रति राज्य सकारात्मक देखिँदैन। सेन्सर पास गर्नसम्म ठूलो खर्च हुने अवस्था छ।’

राजोपाध्यायले आफ्नो कलाकारिता डबिङबाट सुरु भएको स्मरण गर्दै ‘जामन गुभाजु’ जस्ता फिल्महरूले आफूलाई पहिचान दिलाएको बताए। आफ्नो चलचित्र क्षेत्रको अनुभव सुनाउँदै उनले भने, ‘मैले गरेको मध्ये एउटा जामन गुभाजु भन्ने फिल्म मान्छेले बेसी रुचाएको हो। मलाई क्यारेक्टरकै रूपमा जामन गुभाजु भनेरै सम्बोधन गर्न रुचाउने जमात पनि देखिएको छ। फिल्मको मूल पात्र जामन गुभाजु र त्यो जामन गुभाजुकै क्यारेक्टर मैंले गरेको कारणले गर्दाखेरि अनि मलाई चिन्ने मान्छेले जामन गुभाजुकै रूपमा चिन्न थाल्या । म सुशील राजोपाध्याय हो भनेर मान्छेले चिन्न जरुरी ठानेनन्। किनभने यो मान्छेले कुनैबेला चाहीं जामन गुभाजुको क्यारेक्टर गरेका थिए भनेर मलाई त्यसरी पनि चिन्ने मान्छेहरू देखिएका छन्।’

जामन गुभाजुमार्फत चार सय वर्ष पुरानो पात्रलाई अहिलेको समयमा जीवन्तता दिएर स्थापित बनेका उनी नेवारी संस्कार र संस्कृतिको जगर्नेमा पनि सक्रिय रहेको सुनाउँछन्। जामनः गुभाजु १७ औं शताब्दीका कान्तिपुरका राजा प्रताप मल्लका विश्वासपात्र सिद्धहस्त तान्त्रिक मानिन्छन्।

सुशीलले ४० भन्दा बढी चलचित्र र दर्जनौँ नाटकमा अभिनय गरिसकेका छन्। नाटकमा दर्शकसँग प्रत्यक्ष प्रतिक्रिया पाउने अवसर हुने भएकाले त्यो अनुभव अझै विशेष हुने उनले बताए। आजको सन्दर्भमा कलाकारितामा लाग्नेहरूलाई उनले चेतावनी स्वरुपमा भने, ‘यो क्षेत्रमा आउनु भनेको व्यक्तिगत फाइदाको लागि होइन, आफ्नो अठोट र सन्तुष्टिको लागि हो। सिकेर, जानेर आउनु उपयोगी हुन्छ तर केवल पर्दामा देखिनको लागि मात्र आउने हो भने यो क्षेत्रमा दुःख नगरे हुन्छ।’

उनका अनुसार अहिले पनि केही संस्थाहरू नाटक र कलात्मक क्षेत्रमा सक्रिय छन् तर दर्शक पाउन कठिन भएकाले यस पेशामा टिक्न साहस र दृढ अठोट आवश्यक छ।

प्रकाशित: २०८२ असोज ७ गते मङ्गलबार ०१:४५
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना