एजेन्सी: बंगलादेशका अभियोजकहरूले पूर्वप्रधानमन्त्री शेख हसिनालाई गत वर्ष विद्यार्थी नेतृत्वको विरोध प्रदर्शनलाई दबाउनमा उनको भूमिकाको लागि मानवता विरुद्धको अपराधको आरोप लगाउँदै मृत्युदण्डको माग गरेका छन्।
बंगलादेशमा भएको विद्यार्थी विरोध प्रदर्शन हिंसात्मक बनेको थियो। जसको परिणामस्वरूप सुरक्षा बलको कारबाहीमा धेरै मानिसहरूको मृत्यु भएको थियो। यो हिंसाले शेख हसिनालाई सत्ताबाट हत्याएको थियो।
हसिना हाल भारत सरकारको शरणमा छन्। उनी विरुद्धको मुद्दा चलिरहेको बेला चुहावट भएको अडियो क्लिप बाहिर आएको छ, जसमा उनले सुरक्षा बललाई प्रदर्शनकारीहरू विरुद्ध घातक हतियार प्रयोग गर्न आदेश दिएको आरोप छ। यद्यपि, हसिनाले यी आरोपहरूलाई अस्वीकार गरेकी छिन्।
गत वर्षको हिंसामा लगभग एक हजार ४०० जना मारिएका थिए। यसलाई १९७१ को स्वतन्त्रता युद्धपछि बंगलादेशमा भएको सबैभन्दा खराब हिंसा मानिन्छ।
‘हसिनालाई १४ सय पटक मृत्युदण्ड दिनुपर्छ,’ बंगलादेशका प्रमुख अभियोजक ताजुल इस्लामले भने, ‘मानवीय रूपमा यो सम्भव नभएकाले हामी कम्तीमा एउटा मृत्युदण्डको माग गर्छौं।’


