काठमाडौँ- कोरियाली मोबाइल कम्पनी सामसङले काठमाडौँको मध्यबानेश्वरमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।
सर्भिस सेन्टर उद्घाटन समारोहमा सामसङ नेपालका प्रबन्ध निर्देशक सुङ जुन पार्क, निर्देशक प्रणय रत्न स्थापित, सर्भिस हेड राजन भट्टराई, आईएमएसका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डिकेश मल्होत्रा र आइएमएसका सेल्स हेड कैलाश अइयरको समेत उपस्थिति रहेको थियो।
सो सर्भिस सेन्टर सामसङद्वारा नेपालमा खोलिएको २१औँ रहेको छ। यसअघि सामसङले काठमाडौँ उपत्यकाभित्र ५ र उपत्यकाबाहिर १५ सर्भिस सेन्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ।


