याउन्डे,एएफपी। ४३ वर्षदेखि क्यामरुनमा राष्ट्रपति रहेका पल बियाले आठौं कार्यकालको लागि शपथ लिएका छन्। यस वर्षको निर्वाचनमा ठूलो विरोध प्रदर्शन दमनपछि उहाँले ५३.७ प्रतिशत मत प्राप्त गरी विजय भएका थिए।
विश्वकै सबैभन्दा वृद्ध राष्ट्रप्रमुख बन्न सफल ९२ वर्षीय बियाले अक्टोबर १२ मा भएको मतदानमा बहुमत प्राप्त भएको त्यहाँको निर्वाचन आयोगले घोषणा गरेको थियो। उनका निकटतम प्रतिद्वन्द्वी पूर्व मन्त्री इस्सा चिरोमा बाकारीले ३५.२ प्रतिशत मत प्राप्त गरेका थिए।
मध्य अफ्रिकी देशको नेतृत्वमा नयाँ सात वर्षे कार्यकालको लागि क्यारूनको संसद्मा आयोजित एक समारोहबचि उनले सपथ ग्रहण गरेका छन्।
“म यो विश्वासको योग्य बन्न कुनै कसर बाँकी राख्ने छैन,” बियाले स्थानीय राजनीतिक व्यक्तित्वहरू उपस्थित भएको भेलालाई सम्बोधन गर्दै सपथ ग्रहण कार्यक्रमपछि भने।
पूर्व बिया सहयोगीबाट विपक्षी व्यक्ति बनेका टिचिरोमाले परिवर्तनको लागि उत्सुक युवा मतदाताहरूमा अप्रत्याशित उत्साह जगाएका र उनले मतदानबाट आफू वास्तविक विजेता आफू भएकोमा दाबी गरे।
अक्टोबर २७ मा बियाको जितको घोषणा हुनुभन्दा ठीक अघि र पछि सुरक्षा बलहरूले विपक्षी जुलुसहरूलाई दबाउँदा धेरै मानिसहरूको मृत्यु भएको थियो।


