काठमाडौं–नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले रजत जयन्ती अवसरमा सञ्चालनमा ल्याएको नेपालमा आफ्नो लिडरसिपको २५ वर्ष क्याम्पेन’ सम्पन्न गरेको छ। कम्पनीले उपभोक्तालाई लाभ दिने लक्ष्यसहित यो अभियान नयाँ वर्ष २०७८ अवसरमा सुरु गरेको थियो।
अभियानको एक हिस्साको रूपमा बजाजले ग्राहकलाई आकर्षक अफर उपलब्ध गराएको थियो, जसमा विशेष २५ प्रतिशत डाउन पेमेन्टमा फाइनान्सिङ विकल्प, १०,००० सम्मको स्योर सट नगद छुट र भाग्यशाली २५ ग्राहकले १ केजी चाँदी जित्ने अवसर समावेश थियो।
कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले यो अभियान ग्राहकले वर्षौंदेखि दिएको साथप्रति आभार व्यक्त गर्न रजत महोत्सवलाई उत्सवका रुपमा मनाउन सञ्चालन गरिएको बताए। कम्पनीले नेपालमा २५ वर्ष बजाज बाइक बिक्री वितरण गर्दै आएको छ।
ग्राहक सन्तुष्टिमा निरन्तर जोड दिएकाले र उत्कृष्ट उत्पादन तथा विश्वस्तरीय सेवा प्रदान गरेकाले नै अटोमोबाइल क्षेत्रमा बजाज ब्रान्डका रुपमा स्थापित भएको उनले दाबी गरे। बजाजले हाल सञ्चालन गर्दै आएको फ्री लि लि योजनाअन्तर्गत उपभोक्ताले १२५ सिसिसम्मको बजाज बाइक खरिदमा १९२ लिटरको सामसुङ रेफ्रिजेरेटर प्राप्त गर्न सक्छन्।
बजाजको अर्को ५० प्रतिशत डाउन पेमेन्टमा शून्य प्रतिशत ब्याजदरको अफर पनि चालू छ। यसअन्तर्गत उपभोक्ताले ५० प्रतिशत डाउनपेमेन्ट गर्दा शून्य प्रतिशत ब्याजदरमा हुलास फिनसर्भमार्फत फाइनान्समा बाइक खरिद गर्न सक्छन्।


