नोभेम्बर ९ लाई ‘स्वतन्त्रता दिवस’का रूपमा मनाउने प्रचलन अमेरिकाका राष्ट्रपति जर्ज डब्ल्यू बुसले २००१ मा सुरू गरेका हुन्। यो कुनै सामान्य दिवस होइन, यसको पृष्ठभूमि नै मानव सभ्यतामाथिको क्रूरतम् अधिनायकवादविरुद्धको ऐतिहासिक विजयसँग जोडिएको छ। दोस्रो विश्वयुद्धताका नाजी हिटलरले जर्मनीमा स्थापना गरेको दमनकारी शासनले लाखौँ मानिसको जीवन खोस्यो। विश्वभरि स्वतन्त्रता र मानव अस्मितामाथि चुनौति खडा गरियो।
त्यस्ता दमनकारी शक्तिको अन्त्य गर्न अमेरिकी, फ्रेन्च र बेलायती सेनाहरू एकातिर उभिए भने अर्कोतिर तत्कालीन सोभियत सेनाले पनि नाजी शासनविरुद्ध प्रहार गरिरह्यो। युद्ध सकिएपछि भने नयाँ संकट जन्मियो। पूर्वी युरोपका देशहरूमा सोभियत सैन्य हस्तक्षेप र उनीहरूले लोकतान्त्रिक व्यवस्थालाई ढाल्दै जबरजस्ती साम्यवादी शासन थोपरे। यही प्रक्रियामा जर्मनी समेत च्यातेर पूर्वी र पश्चिमी दुई धारमा विभाजित बनाइयो र राजधानी बर्लिन त द्वन्द्वकै केन्द्र भयो।
१९५१ पछि सोभियत प्रभाव बढ्दै जाँदा बर्लिनमा ९१ किलोमिटर लामो पर्खाल ठड्याइयो। मानिसले आफ्नै शहरभित्र स्वतन्त्रतामाथि लगाम कसिएको अनुभव गर्नुपर्ने अवस्था बन्यो। न यता जान पाइने, न उताबाट आउन अधिनायकवादका कारण मानवीय अस्मिता ठेसिनु भनेकै कस्तो पीडादायी हुँदो रहेछ भन्ने बर्लिनले इतिहाससँगै देखायो।
तर मान्छे कुनैपनि शासनभन्दा ठूला हुन्छन्, उनीहरूमा स्वतन्त्रताको तिर्सना रोकिँदैन। यही आत्मबोधले प्रेरित भएर पूर्वी जर्मनीका जनता सडकमा उत्रिए। अन्ततः बर्लिन पर्खाल ढल्यो। त्यो पर्खाल ढलेको सम्झनाले नै आज विश्वभरि स्वतन्त्रता र लोकतान्त्रिक मूल्यबारे चेतना जगाउने सन्देश दिन्छ।
यसैले, नोभेम्बर ९ केवल एक देशको उत्सव होइन, अधिनायकवादमाथि नागरिक शक्तिको विजय दिवस हो—स्वतन्त्रताको मूल्य कत्ति महँगो हुन्छ भन्ने कुरा नयाँ पुस्ताले बिर्सन नदिने ऐतिहासिक चिह्न हो।
‘स्वतन्त्रता दिवस’ मनाउने प्रचलन
नोभेम्बर ९ तारिखलाई ‘स्वतन्त्रता दिवस’को रूपमा विश्वभर मनाउने प्रचलन अमेरिकाका राष्ट्रपति जर्ज डब्ल्यू बुसले २००१ मा नै सुरु गरेका हुन्। यसको पृष्ठभूमि नै मानव सभ्यतामा स्वतन्त्रता र लोकतन्त्रको मूल्य बुझ्न अत्यन्त महत्वपूर्ण छ। दोस्रो विश्वयुद्धताका हिटलरको नाजी शासनले जर्मनीमा करोडौं मानिसको जीवन खोस्यो। क्रुर अधिनायकवाद, दमन र मानवीय अस्मितामाथिको हमला विश्वभर फैलियो। हिटलरलाई परास्त गर्न अमेरिकी, बेलायती, फ्रेन्च र सोभियत सेनाले जर्मनीमा आक्रमण गरे। युद्ध सकिएपछि विश्व राजनीतिक नक्शा फेरियो।
तर स्वतन्त्रताको यात्रा यहीँ रोकिएन। युद्धपश्चात सोभियत साम्यवादी शासनले पूर्वी युरोपका देशहरूमा आफ्नो प्रभुत्व विस्तार ग¥यो। लोकतान्त्रिक शासनलाई ढालेर जबरजस्ती साम्यवादी शासन थोपरे। यही प्रक्रियामा जर्मनी पनि विभाजित भयो। पूर्वी जर्मनीमा सोभियत नियन्त्रण, पश्चिमी जर्मनीमा अमेरिकी, बेलायती र फ्रेन्च नियन्त्रण बर्लिन राजधानी भएकाले यो द्वन्द्वको केन्द्र बन्यो। १९५१ पछि बर्लिनमा ९१ किलोमिटर लामो पर्खाल खडा गरियो। मान्छे उता जान नसक्ने, उताका मान्छे यहाँ आउन नसक्ने भयो।
१९९० को दशकमा विश्वभर लोकतन्त्रको आवाज बुलन्द हुँदै गयो। पूर्वी जर्मनहरू खुला समाजको तिर्सना लिएर पश्चिम जर्मनीतर्फ भाग्न थाले। अन्ततः सबै पूर्वी जर्मन नागरिकहरूले मिलेर बर्लिन पर्खाल तोडे र पर्खाल ढलेपछि १९९१ मा जर्मनी एकिकृत भयो। यो घटना केवल एक भौतिक संरचनाको विनाश थिएन, यो मानव स्वतन्त्रताको विजयको प्रतीक बन्यो। ९१ किलोमिटर लामो पर्खालका सिम्बोलहरूले आज पनि हामीलाई फ्रिडमको मूल्य सम्झाउँछन्।
अमेरिकी राष्ट्रपति जर्ज बुसले २००१ मा यो दिवस घोषणा गर्दा यही ऐतिहासिक महत्वलाई सम्मान गर्ने उद्देश्य राखेका थिए। संसारभर अधिनायकवादविरुद्ध लडिरहेका स्वतन्त्रता सेनानीहरूलाई सम्झने, नयाँ पुस्तालाई लोकतान्त्रिक मूल्य सिकाउने, स्वतन्त्रता र मानव अधिकारको महत्व बुझाउने—यही दिवसको मूल भावना हो। अफगानिस्तान, बर्मा, हङकङजस्ता स्थानमा आज पनि मानिसहरू स्वतन्त्रताको लागि लडिरहेका छन्।
यो दिवसले हामीलाई याद दिलाउँछ कि लोकतन्त्र केवल सरकारको संरचना मात्र होइन, मानव अधिकार, स्वतन्त्रता र समताको मूल्यमा आधारित जीवनशैली हो। रुसो, भोल्टेयर, माक्र्सदेखि आधुनिक चिन्तकहरूले यही आधारमा राजनीतिक स्वतन्त्रता र लोकतन्त्रको दर्शन प्रस्तुत गरेका छन्। ‘बरु म मर्छु, तर तिम्रो बोल्ने स्वतन्त्रता जोगियोस’ भन्ने भोल्टेयरको भनाइ आज पनि प्रासंगिक छ।
नयाँ पुस्तालाई स्वतन्त्रता भनेको के हो, यसको सिमाना के हुन्छ, कसरी सदुपयोग गर्नुपर्छ भन्ने कुरा सिकाउनु आवश्यक छ। लोकतन्त्र बलियो हुन मानव सभ्यता, मानव अस्मिता, ह्युमन डिग्निटीको सम्मान अनिवार्य छ। हरेक मानिसमा अनन्त सम्भावना छ। कुनैपनि व्यक्ति कमजोर होइन, दास होइन, शासित मात्र बन्नुपर्दैन। उनी आफ्नो ज्ञान, सूचना, क्षमतालाई प्रयोग गरी संसार चलाउन सक्छ। यही चेतना विद्यार्थीहरूमा जगाउन यो दिवस विशेष अवसर हो।
हामीले इतिहासबाट सिक्नुपर्छ कि अधिनायकवाद विरुद्ध लड्ने साहस र स्वतन्त्रताको मूल्य कहिल्यै पुरानो हुँदैन। बर्लिन पर्खाल ढलेको सम्झना, विश्वभरका स्वतन्त्रता सेनानीहरूको बलिदान, र लोकतान्त्रिक मूल्यहरूको संरक्षण—यी सबैको सम्झना राख्न नोभेम्बर ९ लाई मनाउनुको महत्व अनिवार्य छ।


