२०८३ कार्तिक १२ गते बुधबार

भारतीय अवार्ड कार्यक्रममा नेपाली खेलाडी, कलाकार र मिडियाकर्मी सम्मानित

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ २४
captivating_creation_award_2023_cover

काठमाडौँ- भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा नेपालमा सम्पन्न भएको छ। आइतबार सम्पन्न अवार्ड कार्यक्रममा नेपाली खेलाडी, कलाकार र मिडियाकर्मी सम्मानित भएका हुन्।

अवार्ड कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार शम्भुजित बाँस्कोटा, गायिका देविका बन्दना, क्रिकेटर पारस खड्का, निर्देशक आकाश अधिकारी, नेपाली पात्रोका प्रमुख कार्यकारी निर्देशक सन्तोषकुमार देवकोटा, वरिष्ठ मनोरञ्जन पत्रकार डब्बु क्षेत्री, रजतपटका प्रस्तोता तथा चलचित्र पत्रकार प्रकाश सुवेदीलाई सम्मान गरिएको थियो।

सांसद तथा व्यवसायी विनोद चौधरी मुख्य अतिथि रहेको ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’मा बलिउडका सदाबहार कलाकार तथा चर्चित खतपात्र रञ्जित, ९० को दशकको चर्चित सिनेमा ‘मैने प्यार किया’ स्टार अभिनेत्री भाग्यश्री, विन्दु दाह्रा सिंह, कमेडियन भिआइपी कार्यक्रमका मुख्य आकर्षण थिए।

अवार्ड समारोहमा वरिष्ठ हास्य अभिनेत्री वसुन्धरा भुसाल, सांसद विनोद चौधरी, अभिनेता तथा निर्देशक आकाश अधिकारी, भाग्यश्री, विन्दु दाह्रा सिंह, कमेडियन भीआईपीलगायतले अवार्ड तथा सम्मान प्रदान गरे।

कार्यक्रममा कृष्ण भुसाल, तुलसी गिरी, कृष्ण भट्टराई, कुवेर गिरी, गीता अधिकारी, उत्सव रसाइली, सुरक्षा भट्टराईलाई पत्रकारिता मार्फत् मनोरञ्जन क्षेत्रमा निरन्तर सेवाका लागि सम्मान गरिएको थियो।

चलचित्र तर्फको विधामा भने अभिनेत्री प्रियंका कार्कीलाई उत्कृष्ट अभिनेत्री, धिरज मगर उत्कृष्ट अभिनेता, मिलन चाम्स उत्कृष्ट निर्देशक, श्रद्धा क्षेत्री उत्कृष्ट डेब्यु अभिनेत्री, अरुण क्षेत्री उत्कृष्ट डेब्यु अभिनेता, बिजय बराल उत्कृष्ट हास्य कलाकार, दीपक शर्मालाई उत्कृष्ट संगीतकार अवार्ड, कमल राईलाई उत्कृष्ट कोरियोग्राफर, शंकर पाण्डेलाई उत्कृष्ट प्रोडक्सन डिजाइनर र फिल्म ‘महापुरुष’लाई वेष्ट चलचित्र अवार्ड प्रदान गरियो। भारतका केही व्यवसायी तथा बलिउडकर्मी र नेपाली गरेर करिब दुई दर्जन बढीलाई अवार्ड प्रदान गरिएको थियो।

यो अवार्ड पहिलो पटक नेपालमा आयोजना गरिएको हो। कार्यक्रमले नेपालको कला संस्कृतिका साथै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने विश्वास गरिएको छ।

प्रकाशित: २०८० जेठ २४ गते बुधबार ११:२७
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना